विमानस्थलबाट बरामद सुनको अनुसन्धान अगाडि बढाउन सीआईबीद्वारा एसपी थापाकाे नेतृत्वमा टोली गठन
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १५:३९:५२
२२ साउन, काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा टोली खटाएको छ । ३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
यो प्रकरण अनुसन्धानका लागि एसपी सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएको हो । सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो ।
यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाए लगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
रौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार