१० वर्षमा चितुवाको आक्रमणबाट लमजुङमा २ सय बढी घरपालुवा जनावरमा क्षति
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १६:२०:४
२२ साउन, लमजुङ । लमजुङमा पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट दुईसय बढि घरपालुवा जनावरमा क्षति पुगेको तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष ०७९/८० सम्म दुईसय तीन पशु चौपायमा क्षति पुगेको हो ।
कार्यालय लमजुङको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट गत आर्थिक वर्षमा मात्रै ६८ भेडा बाख्रामा क्षति पुगेको हो । पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट एक सय ९५ भेडा बाख्रा, दुई वटा गाई गोरु, र ६ वटा भैँसीमा क्षति पुगेको डिभिजन कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा चितुवाको आक्रमणबाट सबैभन्दा धेरै आर्थिक वर्ष २०७८/७९ मा ७२ वटा घरपालुवा जनावरमा क्षति पुगेको छ । सो आर्थिक वर्षमा मात्रै ६८ वटा भेडा बाख्रा, चार वटा भैँसीमा चितुवाले क्षति पुर्याएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
सो बाहेक आर्थिक वर्ष २०७७/७८ मा २८ भेडा बाख्रासहित ३० वटा घरपालुवा जनावर, ०७६/७७ मा १३, आर्थिक वर्ष २०७५/७६ मा १०, आर्थिक वर्ष ०७३/७४ मा सात वटा घरपालुवा जनावरमा चितुवाले आक्रमण गरेर क्षति पुर्याएको छ । त्यसैगरी, आर्थिक वर्ष ०७०/७१, आर्थिक वर्ष ०७२/७३ र आर्थिक वर्ष ०७४/७५ मा एक एक वटा घरपालुवा जनावरमा चितुवाको आक्रमणबाट क्षति पुगेको छ ।
पछिल्लो समय वन्यजन्तुको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका डिभिजन वन कार्यालयका डिभिजन प्रमुख पूर्णेश्वर सुवेदीले बताए । जिल्लामा बर्षेनी घरपालुवा जनावरमा वन्यजन्तुको आक्रमण बढे पनि मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।
सरकारले वन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारहरूसहित निर्देशिका तयार गरेको छ । निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर÷गोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्र सम्बन्धी विशेष व्यवस्था जस्ता आधार रहेका छन् ।
सरकारले निर्देशिका बमोजिमको क्षेत्रीय वन निर्देशनालय मार्फत राहत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै लमजुङमा चितुवासहितको वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका व्यक्तिहरूलाई पाँच लाख १२ हजार पाँचसय रुपैयाँ राहत उपलब्ध गराएको थियो ।
जिल्लास्तरमा राहत उपलब्ध गराउनका लागि सरोकारवालाहरुको सहभागितामा सिफारिस समिति हुन्छ । बन्यजन्तुबाट पीडित राहत सहयोग माग गर्ने व्यक्तिले घटना घटेको मितिले कम्तीमा ३५ दिनभित्र सम्बन्धित संरक्षित क्षेत्र वा डिभिजन वन कार्यालय समक्ष आवश्यक कागजातपत्रसहित निवेदन दिनुपर्ने प्रावधान छ ।
वन्यजन्तुको बासस्थानको राम्रो व्यवस्थापन गर्नसके मात्रै पनि वन्यजन्तुको आक्रमण न्युनिकरण गर्न सकिने सरोकारवालाहरु बताउँछन् । वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जानु पर्ने वाध्यता हटाउन सके वन्यजन्तुको आक्रमणमा कमी हुने सरोकारवालाहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार