मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १७:३:१९
२२ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई एक थान दमकल र एक थान पिकअप भ्यान हस्तान्तरण गरेका छन् । उक्त दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गर्दै उनले विकास, प्रगति र समृद्धिका निम्ति राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता हुनु आवश्यक रहेको बताए ।
मुख्यमन्त्री थापाले जनतासँग जोडिएका सेवाहरु प्रदान गर्न प्रदेश सरकार सचेत रहेको र विपद्को समयमा पनि जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील छ भने । मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै उनले सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको उल्लेख गरे ।
मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसकेको र डेङ्गु रोगका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिए ।
उनले प्रदेशमा लम्पी स्किन रोगबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपायमा असर परेको उल्लेख गरे । कार्यक्रममा उक्त मन्त्रालयका सचिव सुरेश राउतले विपद् व्यवस्थापनका लागि मन्त्रालयले योजनाबद्ध काम गरिरहेको जानकारी दिए ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङका अधिकांश घर काठबाट निर्मित रहेकाले कुनै पनिबेला हुनसक्ने आगलागी नियन्त्रण एवं रोकथाम गर्न मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने नगर प्रमुख मादेनले उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार