कुन बैंकले कति कमाए, यस्तो छ वित्तीय विवरण
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १७:१५:५७
२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरूको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।
त्यस्तै गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको छ । यद्यपि वाणिज्य बैंकको खराब कर्जाको स्थितिमा पर्याप्त सुधार भइसकेको छैन । गत आवको अन्तिमसम्ममा वाणिज्य बैंकमा देखिएको खुद मुनाफा, प्रतिशेयर आम्दानी, खराब कर्जा, स्प्रेडदर र चुक्ता पुँजीलगायतका सूचकको अवस्था यहाँ उल्लेख गरिएको छ ।
खुद मुनाफा
गत आव २०७९/८० मा वाणिज्य बैंकहरुले रू ७० अर्ब १७ करोड बराबर खुद मुनाफा कमाएका छन् । वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा भने कम छ । गत आवमा नबिल बैंक लिमिटेडको मुनाफा रू सात अर्ब ५२ करोड ७१ लाख बराबर छ । अघिल्लो आवमा रू चार अर्ब २५ करोड ६० लाख बराबर नबिल बैंकले गतवर्षको तुलनामा रू तीन अर्ब १७ करोड १० लाख बराबरले मुनाफा बढाएको हो ।
गत आवमा बढी मुनाफा कमाउने बैंकहरुको सूचीमा ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा छ । अघिल्लो आवमा रू चार अर्ब ९५ करोड ९२ लाख बराबर मुनाफा गरेको ग्लोबल आइएमई बैंकले गत आवमा रू सात अर्ब २५ करोड ३४ लाख मुनाफा कमाएको छ । गत आवमा बढी मुनाफा कमाउने वाणिज्य बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । अघिल्लो आवमा रू चार अर्ब २९ करोड २८ लाख बराबर वार्षिक मुनाफा कमाएको वाणिज्य बैंकले गत आव रू चार अर्ब ९१ करोड ७१ लाख बराबर कमाएको छ ।
मुनाफा बढी कमाउने वाणिज्य बैंकको सूचीमा एनआईसी एसिया बैंक चौँथौ नम्बरमा छ । एनआईसी एसिया बैंकले गत आवमा रू चार अर्ब ६५ करोड १३ लाख बराबर मुनाफा कमाएको छ । चार अर्बभन्दा माथि मुनाफा कमाउने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंक छ । इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष रू चार अर्ब ६५ करोड १३ लाख बराबर कमाएको छ ।
तीन अर्बभन्दा माथि र रु चार अर्बभन्दा कम वार्षिक मुनाफा कमाउने बैंकको संख्या सात छ । गत आवमा स्टाण्डर्ड चार्टर्ड बैंकले रू तीन अर्ब ५२ करोड ५४ लाख, नेपाल बैंक लिमिटेडले रू तीन अर्ब ४१ करोड १५ लाख, एनएमबी बैंकले रू तीन अर्ब ४१ करोड चार र एभरेष्ट बैंकले रू तीन अर्ब ३९ करोड ९१ लाख मुनाफा कमाएका छन् ।
त्यस्तै हिमालयन सिभिल बैंकले रू तीन अर्ब २६ करोड ६१ लाख, सिद्धार्थ बैंकले रू तीन अर्ब १९ करोड एक लाख र कृषि विकास बैंकले रू तीन अर्ब नौ करोड ९३ लाख मुनाफा कमाएका छन् । ६ वाणिज्य बैंकले रू दुई अर्बदेखि रू तीन अर्बको बीचमा मुनाफा कमाएका छन् भने दुई वाणिज्य बैंकको मुनाफा रू दुई अर्बभन्दा कममा खुम्चिएको छ ।
गत आवमा प्रभु बैंकले रू दुई अर्ब ८२ करोड ५२ लाख, सानिमा बैंकले रू दुई अर्ब ६१ लाख ९२ करोड र प्राइम कमर्सियल बैंकले रू दुई अर्ब २६ करोड ३१ लाख बराबर मुनाफा कमाएका छन् । लक्ष्मी सनराइज बैंकको मुनाफा रू दुई अर्ब २६ करोड १८ लाख, नेपाल एसबिआई बैंकको नाफा रू दुई अर्ब २४ करोड १६ लाख र सिटिजन्स बैंकको मुनाफा रू दुई अर्ब २१ करोड ४४ लाख बराबर छ । गत आवमा कुमारी बैंकले रू एक अर्ब ९५ करोड ७१ लाख र माछापुच्छ्रे बैंकले रू एक अर्ब ८५ करोड ११ लाख बराबर मुनाफा कमाएका छन् ।
प्रतिशेयर आम्दानी
वाणिज्य बैंकमध्ये प्रतिशेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक पहिलो र स्टाण्डर्ड चार्टर्ड बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआईसी एसिया बैंकको प्रतिशेयर आम्दानी रू ४० दशमलव २२ बराबर छ । स्टाण्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी रू ३७ दशमलव ३९ छ भने राष्ट्रिय वाणिज्य बैंकको रू ३३ दशमलव ९६ बराबर छ ।
त्यस्तै एभरेष्ट बैंकको रू ३१ दशमलव ७२, नबिल बैंकको रू २७ दशमलव ८२, नेपाल बैंकको रू २३ दशमलव २२, सिद्धार्थ बैंकको रू २२ दशमलव ६४ र नेपाल एसबीआई बैंकको रू २२ दशमलव १४ रहेको छ ।
सानिमा बैंकको प्रतिशेयर आम्दानी रू २१ दशमलव शुन्य दुई, कृषि विकास बैंकको रू २० दशमलव ६२, ग्लोबल आईएमई बैंकको रू २० दशमलव २८, लक्ष्मी सनराइज बैंकको रू १९ दशमलव ४४, एनएमबी बैंकको रू १८ दशमलव शुन्य पाँच र माछापुच्छ्रे बैंकको रू १५ दशमलव शुन्य पाँच रहेको छ । गत आवको नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिशेयर आम्दानी रू १६ दशमलव शुन्य सात, सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी रू १५ दशमलव ५९ र हिमालयन बैंकको प्रतिशेयर आम्दानी रू १५ दशमलव शुन्य आठ रहेको छ । त्यस्तै प्रभु बैंकको रू १२, प्राईम कमर्सियल बैंकको रू ११ दशमलव ६६ र कुमारी बैंकको रू सात दशमलव ४६ बराबर रहेको छ ।
खराब कर्जा
कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै चार दशमलव ७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको चार दशमलब ५७ प्रतिशत, इन्भेष्टमेन्ट बैंक मेगा बैंकको चार दशमलव ३५ प्रतिशत र प्राइम बैंकको चार दशमलव २३ प्रतिशत बराबर रहेको छ । प्रभु बैंकको खराब कर्जा चार दशमलव १६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको तीन दशमलव दुई प्रतिशत, ग्लोबल आइएमई बैंकको तीन दशमलव शुन्य आठ प्रतिशत र सिटिजन्स बैंकको तीन दशमलव १९ प्रतिशत बराबर छ ।
राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा दुई दशमलव ९५ प्रतिशत, नेपाल बैंकको दुई दशमलव ८५ प्रतिशत, एनएमबी बैंकको दुई दशमलव ७२ प्रतिशत, कृषि विकास बैंकको दुई दशमलव ४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको दुई दशमलव २८ प्रतिशत, नेपाल एसबीआई बैंकको दुई दशमलव ४३ प्रतिशत र माछापुच्छ्रे बैंकको दुई दशमलव १२ प्रतिशत रहेको छ ।
त्यस्तै स्टाण्डर्ड चार्टर्डस बैंकको खराब कर्जा एक दशमलव १७ प्रतिशत, सिद्धार्थ बैंकको एक दशमलव शुन्य सात प्रतिशत, सानिमा बैंकको एक दशमलव तीन प्रतिशत, एनआइसी एसिया बैंकको शून्य दशमलव आठ प्रतिशत र एभरेष्ट बैंकको शून्य दशमलव ७९ प्रतिशत बराबर रहेको छ ।
स्रेडदर
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर र सङ्कलन गर्ने निक्षेपको ब्याजदरको अन्तर स्प्रेडदर हो । नबिल र इन्भेष्टमेन्ट मेगा बैंकको स्प्रेडदर चार दशमलव ९९ प्रतिशत छ । कुमारी बैंकको चार दशमलव ९८, ग्लोबल आइएमई बैंकको चार दशमलव ९६, प्रभु बैंकको चार दशमलव ८६, हिमालयन बैंकको चार दशमलव ७९ र लक्ष्मी सनराइज बैंकको चार दशमलव ४२ प्रतिशत बराबर छ ।
स्टाण्डर्ड चार्टर्ड, सिटिजन्स र सानिमा बैंकको स्प्रेडदर चार प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ९८, एनआइसी एसिया बैंकको तीन दशमलव ९९, नेपाल बैंकको तीन दशमलव ९५, एनएमबीको तीन दशमलव ९९ र एभरेष्ट बैंकको तीन दशमलव ९७ प्रतिशत स्प्रेडदर रहेको छ । सिद्धार्थ बैंकको तीन दशमलव ९९, कृषि विकास बैंकको तीन दशमलव ९४, प्राईम बैंकको तीन दशमव ९८, नेपाल एसबीआई बैंकको तीन दशमलव ९९ र माछापुच्छ्रे बैंकको तीन दशमलव ९५ प्रतिशत बराबर छ ।
चुक्ता पुँजी
चुक्ता पुँजीका आधारमा अहिले ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बैंक हो । गत असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी रू ३५ अर्ब ७७ करोड बराबर छ । चुक्ता पुँजीका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको रू ३४ अर्ब १२ करोड र तेस्रो स्थानमा रहेको नबिल बैंकको रू २७ अर्ब पाँच करोड बराबर रहेको छ । कुमारी बैंकको चुक्ता पुँजी रू २६ अर्ब २३ करोड, प्रभु बैंकको रू अर्ब ५४ करोड, हिमालयन बैंकको रू २१ अर्ब ६५ करोड र लक्ष्मी सनराइज बैंकको रू २१ अर्ब ६७ करोड रहेको छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको रू १५ अर्ब ६३ करोड, एनआईसी एसिया बैंकको रू ११ अर्ब ५६ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकको रू नौ अर्ब ४२ करोड, नेपाल बैंकको रू १४ अर्ब ६९ करोड र एनएमबी बैंकको रू १८ अर्ब ३६ करोड बराबर रहेको छ । त्यस्तै एभरेष्ट बैंकको रू १० अर्ब ६९ करोड, सिद्धार्थ बैंकको रू १४ अर्ब आठ करोड, कृषि विकास बैंकको रू १८ अर्ब ८८ करोड, सानिमा बैंकको १२ अर्ब ४६ करोड, प्राईम बैंकको १९ अर्ब चार करोड, नेपाल एसबीआई बैंकको रू १० अर्ब १२ करोड, सिटिजन्स बैंकको रू १४ अर्ब दुई करोड र माछापुच्छ्रे बैंकको रू १० अर्ब २५ करोड बराबर चुक्ता पुँजी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
जेठ ३२, २०८१ शुक्रबार
बाणिज्य बैंकहरुको बैशाखसम्मको कमाईः चैतको भन्दा बढ्यो, गत वर्षको भन्दा घट्यो
जेठ ३०, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
असार १, २०८१ शनिबार