डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १८:२१:४३
२२ साउन, काठमाडौं । सौरमास अनुसार साउनको चौथाैं सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।
साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् । भक्तजनलाई सुविधा दिने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । पशुपति क्षेत्रमा विशेषगरी सोमबारको व्रत बसी हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको भीड लागेको थियो ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शुद्ध जलमात्र भगवान् शिवलाई चढाएमा प्रसन्न भई मनावाञ्छित फल दिने विषय शिवपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा लाखौँ भक्तजनको साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा भीड लाग्ने गरेको हो ।
साउने सोमबारका अवसरमा आज एक सय ४१ जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । विशेष पूजाका लागि साउनको सोमबार रु सात हजारभन्दा माथिको मात्र रसिद काटिएको कोषले जनाएको छ । साउनको सोमबारको अवसर पारेर आज सांसद रेणु साह, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका गुरु र वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधनासहित दर्शन गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।
ओम बोल बम काँवरिया सङ्घका १५ हजारभन्दा बढी भक्तजनले आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेको जानकारी पनि उनले दिए । शुद्ध जल लिन बोल बम यात्री आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए । बिहानै स्नान गरी शुद्ध जल ल्याएर भक्तजनले पशुपतिनाथमा अर्पण गरेका हुन् ।
पशुपतिनाथ मन्दिरमा पूजा, आराधना र दर्शनका लागि आउने भक्तजनलाई आज पशुपति क्षेत्रका चार स्थानबाट चन्दन बाँडिएको थियो । सानो सदावर्तअघि, घ्याम्पेपाटीअघि, चतुःषष्टि लिङ्गअघि र वरुणधारा छेउबाट चन्दन बाँडिएको थियो ।
साउनको चौथो सोमबार पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको थियो । देशका अन्य ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार