दूध उत्पादक किसानलाई ७ लाख अनुदान
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १०:४६:४५
२३ साउन, लमजुङ । कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ । दूध संकलन केन्द्र मार्फत गाईभैँसीको दूध बिक्री गर्ने नगरपालिकाभित्रका १ सय २५ जना किसानहरूलाई नगरपालिकाले अनुदान दिइएको हो ।
गत आर्थिक वर्ष २०७९/०८० देखि कृषि र पशुपालनलाई व्यावसायिक बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको थियो । नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रूपैयाँका दरले ७ लाख ७५ रुपैयाँ अनुदान उपलब्ध गराएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।
गत आर्थिक वर्षमा नगरभित्रका १ सय २५ जना किसानहरूले उत्पादन गरेको २ लाख ३३ हजार ३ सय ५८ लिटर दूधको अनुदान रकम नगरपालिकाले स्थानीय जनविकास सहकारी संस्थामार्फत किसानहरूलाई वितरण गरेको हो । व्यवसायिकरुपमा पशुपालन गर्दै आएको किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताए।
राइनास नगरपालिका केन्द्र तीनपिप्लेमा रहेको दुग्ध चिस्यान तथा संकलन केन्द्र र वडा नं. ६ धमिलिकुवामा रहेको सुजल दूध डेरीमा किसानले उत्पादन गरेको दुध संकलन हुँदै आएको छ । नगरपालिका, जनविकास सहकारी र दूध संकलन केन्द्रसँग आबद्ध किसान तथा सम्बन्धित संस्थासँगै समन्वय तथा सम्झौता गरी अनुदानको कार्यक्रम अघि बढाइएको नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङले बताए ।
कृषि तथा पशुपालन पेशालाई बनाई नगरपालिकालाई दूध र मासु, तरकारी, फलफूलमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले कृषि र पशुपालनमा मा विशेष अनुदान दिँदै आएको छ । दूध उत्पादन विक्रीका लागि अन्य जिल्लाबाट खरिद गरी गाई ल्याउने किसानका लागि नगरपालिकाले ढुवानी खर्च स्वरूप ५ हजार रुपैयाँ दिने व्यवस्था समेत गरेको थियो । गत वर्ष अन्य जिल्लाबाट १ सय १२ गाई किनेर ल्याएका किसानहरूलाई ५ लाख ६० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दूध उत्पादन किसानलाई मात्र नभइ कोदो उत्पादनमा समेत २५ प्रतिशतसम्म नगद अनुदान दिँदै आएको छ । नगरपालिकाले गत वर्ष पशुपालक किसानहरूलाई नै लक्षित गरी दशैँ तिहार हाटबजार सञ्चालन तथा खसीबोका बिक्रीमा प्रति किलो २० रुपैयाँ अनुदान वितरण गरेको थियो । दूध उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकालले चालू आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित
असार ११, २०८१ मंगलबार
नगरपालिकाद्वारा रत्ननगरका किसानलाई भैँसी वितरण
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार