मकवानपुरको सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १०:५०:१८
२३ साउन, हेटौडा । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।
पहिरोमा परी बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीय छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका अन्धाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।
बेपत्ता भएका ६ जनाको खोजी कार्य जारी छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन । उनीहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन ।
पहिरोले बगाउँदा बेपत्ता भएका ५ जना राति घर नजिकको खोल्सीमा पानीको बहाव बढे पछि पहिरो खसेको थियो । खोल्सीमा पहिरो खस्दा स्याङतानको परिवार भने मस्त निंद्रामा थियो । सो पहिरो खसेलगत्तै ५ जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ ।
सो पहिरोमा परेका एक जनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
गर्मी बढेसँगै चितवनमा रगतको अभाव
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार
सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
बैशाख २०, २०८१ बिहिबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार