शिक्षा विधेयकविरूद्ध उभिए नीजि विद्यालय संचालक, गुठीमा नजाने
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १३:३३:४४
२३ साउन, काठमाडौं । निजी विद्यालय संचालकहरुले सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गरेका छन् । उनीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधेयकमा राखिएको निजी विद्यालयहरुलाई पाँच वर्षभित्र गुठीमा लैजाने प्रावधानको विरोध गरेका हुन् ।
निजी क्षेत्रका विद्यालय संचालकहरुको संगठन ब्याप्सन र निजी विद्यालयमा कक्षा ११ र १२ कक्षा संचालन गर्ने संचालकहरुको संस्था हिसानले पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् ।
हिसानका अध्यक्ष एवं गोल्डेन गेट इन्टरनेशल कलेजका प्रमुख संचालक रमेशकुमार सिलवालले निजी विद्यलायलाई गुठीमा लैजान विधेयक अस्वीकार्य रहेको बताए । उनले विधेयक संशोधन गर्न माग गरे । संशोधन नभए आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।
ब्याप्सनका प्रतिनिधिले मेहनत गरेर हुर्काइ बढाएर फल खाने बेला सरकारले लिने गरी ल्याएको विधेयक नमान्ने बताए । उनले शिक्षालाई कम्पनी ऐनमार्फत संचालन गर्न पाउनुपर्ने जिकिर गरे ।
शिक्षालाई सरकारले जिम्मा लिने नीति अनुरुप सरकारले विधेयकमा निजी विद्यालयलाई कानून बनेको मितिदेखि पाँच वर्षभित्र गुठीमा जानुपर्ने प्रावधान राखिएको छ । यो प्रावधानको समर्थन भने बढ्ने क्रम छ । निजी क्षेत्रका विद्यालयहरुले मनपरी शुल्क लिएर शिक्षामा व्यापार गरेको भन्दै शिक्षालाई पूर्णरुपमा सरकारले लिनुपर्ने आवाज चौतर्फी बढदै गएको छ ।
यसैबीच, सोमबार मात्र थारु समूदायले काठमाडौंमा पत्रकार सम्मेलन गरी विधेयकमा आदिवासी जनजाति, मुस्लिम, पिछडा वर्ग, थारु लगायतलाई छुट्याइएको २२ प्रतिशत आरक्षणप्रति आपत्ति जनाएको थियो । थारुहरुलाई मात्र अलग्गै आरक्षणको व्यवस्था गर्नुपर्ने माग उनीहरुको थियो । विधेयक संशोधन नगरी पास नगर्न चेतावनी थियो ।
विधेयकलाई संसदमा दफावार छलफल गर्न मन्त्रिपरिषद्ले गत मंगलबार नै स्वीकृत दिइसकेको छ । संभवतः आज बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षामन्त्री अशोककुमार राईबाट पेस हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार