भेपमा सुन तस्करी प्रकरणमा प्रहरीले मिडिया ट्रायल गरिरहेको छ : रवि लामिछाने
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १७:१३:२२
२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले भेपमा भएको सुन तस्करीमा प्रहरीले मिडिया ट्रायल गरिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा दलीय प्रतिनिधिका रुपमा बोल्दै सांसद लामिछानेले क्वीन्टल सुन तस्करीमा प्रहरीको सीआईबीले छानबिन गरिरहेकामा प्रशंसा गर्दै भेपमा राखेर भएको सुन तस्करीबारे अनुसन्धान गर्न नसकेका प्रति प्रहरीको कार्यशैलीमाथि प्रश्न गरे ।
उनले भेप सुन प्रकरणमा अहिले सरकारमा रहेका दलका नेताहरूलाई सरकारकै दवावमा पक्राउ गर्न नसक्दा प्रहरीले मिडिया प्रयोग गरेर सूचना सार्वजनिक गरिरहेको बताए । ‘भेप सुन प्रकरणमा संलग्न सरकारमा भएका दलका ठूला नेतालाई पक्राउ गर्न नपाएपछि प्रहरीले मिडियामार्फत सूचना बाहिर ल्याउनु परिरहेको छ’ उनले भने, ‘सरकारमा रहेका ठूला नेता पक्राउ गर्न प्रहरीले मिडिया ट्रायल गरिरहेको छ । यस्तो अवस्थामा प्रकरणमा निष्पक्ष छानबिन अनुसन्धान हुन्छ भन्नेमा विश्वास कसरी गर्ने ? यसमा गृहमन्त्रीको जवाफ चाहन्छु ।’
रास्वपाले सरकारको राम्रो काममा साथ र समर्थन गर्ने र गलतमा विरोध गर्ने बताए । उनले संसदीय समितिमा सभापति चयनमा रास्वपालाई बेवास्ता गरेबाट पार्टीलाई थप जिम्मेवार बन्न सघाउ पुर्याएको बताए ।
उनले राजनीतिक भागबण्डामा राज्यका निकायमा नियुक्त गरिएकै कारण तस्करी वा आपराधिक घटनामा निष्पक्ष छानबिन हुन नसकेको बताए ।
विद्युतीय चुरोट भेपमा राखेर भएको सुन तस्करी प्रकरणमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तयार पारेको अनुसन्धानमा उल्लेख छ । महरा बाबु छोरालाई पक्राउ गरेर अनुसन्धान गर्न एमाले लगायत प्रतिपक्षीहरु दलहरूले माग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार