प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्ने भएपछि यसबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार ९:५८:४९
२४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने भएपछि यसबारे छलफल गर्न सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै एमालेले साउन १० देखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
सभामुख देवराज घिमिरले बिहान साढे ११ बजे बस्ने गरी कार्यव्यवस्थाको बैठक बोलाएका हुन् । हिजो प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेपनि संसद खुलाउने विषयमा सहमति जुटेको थिएन । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा संसदको अवरोध हटाउने विषयमा छलफल हुनेछ । संसद बैठकअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्ने तय छ । करिब १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमाले सांसदले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार