सामान्य प्रशासन मन्त्रालयद्वारा २० जना उपसचिवको सरुवा, सबैको मधेश प्रदेश स्थानीय तहमा पदस्थापन
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १०:४३:११
२४ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयका अनुसार निर्वाचन आयोगका उपसचिवद्धय ऋषिराम भुसाल र श्रीधर पन्थीलाई क्रमशः महोत्तरीस्थित बलवा नगरपालिका र धनुषास्थित हंसपुर नगरपालिमा सरुवा गरिएको छ ।
रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोखरेललाई सिराहास्थित कल्याणपुर नगरपालिका, भौतिक मन्त्रालयका उपसचिव वैकुण्ठ उपाध्यायलाई महोत्तरीको माटिहानी नगरपालिका, सार्वजनिक खरिद कार्यालयका उपसचिव गोविन्द घिमिरेलाई धनुषास्थित सवौला नगरपालिका, राष्ट्रिय योजना आयोगका कृष्ण व्याञ्जुलाई सर्लाहीस्थित बागमती नगरपालिका, अध्यागमन कार्यालयका माधव ढकाललाई रौतहटस्थित गरुडा नगरपालिकामा सरुवा गरिएको छ ।
वन मन्त्रालयका उपसचिव वासुदेव रेग्मीको सप्तरीस्थित शम्भुनाथ नगरपालिकामा, वनकै उपसचिव प्रमोद सिम्खडालाई रौतहटस्थित परोहा नगरपालिका, भूमि व्यवस्था मन्त्रालयमा कार्यरत तीन जना उपसचिवहरू खिमानन्द आचार्य, कृष्णप्रसाद भण्डारी र लक्ष्मीप्रसाद रेग्मीलाई क्रमशः सप्तरीस्थित हनुमान नगरकंकालिनी नगरपालिका, मौलापुर नगरपालिका र सिराहास्थित सिराहा नगरपालिकामा सरुवा गरिएको छ ।
शिक्षा मन्त्रालयका उपसचिव तेज प्रकाश प्रसाईलाई रौतहटस्थित राजदेवी नगरपालिका, पथरी शनिश्वरे नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी खरेललाई ताप्लेजुङस्थित फुङलिङ नगरपालिका र सामान्य प्रशासन अन्तर्गतका शशी राईलाई पथरी शनिश्वरेमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ३ जना उपसचिवहरू बुद्धिप्रसाद उपाध्याय, लेखनाथ ज्ञवाली र घनश्याम न्यौपानेलाई क्रमशः सर्लाहीस्थित कविलासी नगरपालिका, बलरा नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा सरुवा गरिएको छ । झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई भने नराम्रो हर्कत देखाएको भन्दै सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार