झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १२:०:२९
२४ साउन, झापा । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको संक्रमण फैलिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो ।
खोप लगाउन सुरु गरिएका पालिकामा बिर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे खोपमा किसानको साझेदारी फरक किसिमको छ । झापामा हालसम्म यो रोगबाट २० हजार चार सय २७ पशु संक्रमित भएका छन् भने सात सय ८५ वटा मरेको भट्टराईले जानकारी दिए । जिल्लामा सबैभन्दा पहिला दमक नगरपालिकाले आफैंले खोप खरिद गरेर नगर क्षेत्रका किसानको गोठमै पुगेर पाँच हजार खोप लगाएको छ ।
विभिन्न पालिकामा सात हजार एक सय ९० खोप सरकारी तहबाट र २३ हजार छ सय ६६ खोप निजी गाई फार्मले आफैँ खरिद गरेर लगाइएको हो । बिर्तामोड नगरपालिकामा किसानले प्रति खोप रु एक सय ३० तिर्नुपर्छ भने अर्जुनधारामा रु ५० मात्र तिर्नुपर्छ । खोपको अरू लागत र प्राविधिक खर्च पालिकाले व्यहोर्ने गरेका छन् ।
पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरलाई चार सय खोप निःशुल्क उपलब्ध गराएको थियो । उक्त निःशुल्क खोप गौरादह, भद्रपुर, हल्दिबारी र कचनकवललाई एक सय खोपका दरले उपलब्ध गराइएको भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार