राप्तीवासीलाई उपचारमा आवश्यक पर्ने रगतमा सेवा शुल्क नलाग्ने
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १२:१४:१५
२४ साउन, चितवन । चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ । राप्ती नगरपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच यससम्बन्धी सम्झौता भएको हो ।
नगरप्रमुख शमशेर लामाका अनुसार नगरवासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध गराएको रगतको तोकिएको सेवा शुल्कवापतको रकम नगरपालिकाले रेडक्रस सोसाइटीलाई बैंक मार्फत भुक्तानी गर्नेछ ।
सम्झौतामा सेवा लिने व्यक्तिले स्थायी बसोबास भएको नेपाल सरकारको मतदाता परिचयपत्र, नागरिकता वा नगरपालिका तथा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने छ । नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने कर्मचारी परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने, आपत्कालीन अवस्थामा रगत लिनुपर्ने भई अन्य कागजात पेस गर्न नसकेको अवस्थामा बिलका आधारमा सोझै नगरपालिकाबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको छ ।
करार अवधि सम्झौता भएको मितिले चार वर्षको हुने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने, सहमति र सहकार्यको आधारमा करार अवधि थपघट गर्न सक्ने सम्झौतापत्रमा उल्लेख रहेको लामाले जानकारी दिए । यो सम्झौता भदौ १ गतेदेखि लागू हुने नगरप्रमुख लामाले बताए । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख लामा र रेडक्रस सोसाइटीको तर्फबाट रेडक्रसका जिल्ला सभापति हरिप्रसाद पौडेलले हस्ताक्षर गरेको छ । एक पाउन्ड रगत बराबर रु आठ सय ५० तिर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार