कोइकाले दिने तालिममा कनिष्ठ र असम्बन्धित कर्मचारी छानेपछि विवादमा तानिए स्वास्थ्यमन्त्री बस्नेत
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १२:१६:५५
२४ साउन, काठमाडौं । दक्षिण कोरियाले दिन लागेको स्वास्थ्य सम्बन्धी १० दिने तालिममा पठाउन पर्ने कर्मचारीहरूको छनोटको विषयलाई लिएर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत विवादमा तानिएका छन् । उनले तालिममा पठाउन कनिष्ठ र असम्बन्धित कर्मचारी छानेको भन्दै मन्त्री बस्नेतको मन्त्रालयकै कर्मचारीले समेत विरोध जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीले दिएको जानकारी अनुसार मन्त्री बस्नेतले योग्यता नै नपुगेका कर्मचारी पठाउने तयारी गरेकाले उनको मन्त्रालय र बाहिर अहिले चर्को विरोध भइरहेको छ । स्वास्थ्य मन्त्री बस्नेतले भने सुगमका एकै ठाउँका कर्मचारी वर्षमा तीन पटकसम्म विदेश भ्रमणमा जाने प्रवृत्ति हटाउन र कहिल्यै पनि विदेश जाने र राम्रो तालिमको अवसर नपाउनेलाई आफूले छानेको दावी गरेका छन् । उनले हुम्लामा १२ वर्षसम्म पनि एकै ठाउँमा बसेको कर्मचारीलाई अवसर दिनु कुनै गल्ती नभएको दावी गरेका छन् । अवसर नपाएको भन्दैमा कनिष्ठ कर्मचारी पठाउँदा तालिमको सान्दर्भिकता नहुने मन्त्रालयका वरिष्ठ कर्मचारीको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले दिएको जानकारी अनुसार कोरिया अन्तर्राष्ट्रिय कर्पोरेसन एजेन्सी (कोइका) ले असार ४ मा स्वास्थ्य क्षेत्रका नीति निर्माताको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्यसँग सम्बन्धित कार्यालयमा कार्यरत उच्च तह (सहसचिवस्तर) का १३ जना र अन्य मन्त्रालयका ३ जना गरेर १६ जनालाई तालिममा पठाउन पत्राचार गरेको थियो ।
मन्त्री बस्नेतले असार १५ गते सचिवस्तरीय निर्णय गराई स्वास्थ्य बीमा बोर्डका वरिष्ठ अहेव भगवान रेग्मीबाहेक बाँकी १४ जना बीमा बोर्डसँग सरोकार नराख्ने स्टोर, लेखा, निजी उपसचिवलगायतका कर्मचारी पठाउने निर्णय गरेको थियो । तर, नाम सिफारिस गर्ने क्रममा ओखलढुंगा स्वास्थ्य चौकीका पब्लिक हेल्थ अफिसर अहमद मन्सुरी, ट्रमा सेन्टरका जनस्वास्थ्य निरीक्षक इन्दिरा पाण्डे ढकाल, नारायणी अस्पतालका नर्सिङ सुपरभाइजर रिंकु कुमारी, वीर अस्पतालका सिनियर अहेव नवराज श्रेष्ठ, डडेलधुरा अस्पतालका सिनियर अहेव टंकप्रसाद पन्त, भरतपुर अस्पतालका सिनियर अहेव लीलाबहादुर पौडेल परेका छन् ।
सिफारिस गरिएकामा मन्त्रीका निजी उपसचिव विक्रम श्रेष्ठ, उपसचिवद्वय बाबुराम घिमिरे र कृष्ण थापा, स्टोर शाखाका नासु लिलाम विक, स्वास्थ्य विभागका लेखा अधिकृत मानबहादुर बुढा, अहेव गोपालप्रसाद पाण्डे, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मेडिकल रेकर्डर अफिसर भीमप्रसाद पौडेल, भेरी अस्पतालका नर्सिङ अफिसर मेनिका शाही छन् ।
कोइकाले २०२२ मा अनलाइनबाट स्वास्थ्य बीमा बोर्डका २० जनालाई तालिम दिएको थियो । यसै गरी २०२३ र २०२४ मा कोरियामा तालिमको व्यवस्था गरेको थियो । कोइकाले पठाएको पत्रअनुसार तालिममा नेपालको स्वास्थ्य बीमामा देखिएका विद्यमान समस्या, चुनौती पहिचान गरी समस्या समाधानको विषयमा छलफल र बीमामा कोरियाले हासिल गरेको अनुभव आदानप्रदान गर्ने लक्ष्य राखेको छ । तामिल भदौ १७ देखि २६ गतेसम्म चल्नेछ ।
कोइकाले बीमितलाई दिने बेनेफिट प्याकेज, दाबी भुक्तानी, गुणस्तर नियन्त्रण, अस्पतालहरूसँगको सम्झौताबारे पनि तालिम दिन लागेको हो । तर, अहिले छनोट भएका व्यक्तिहरू न यस बारेमा जानकार छन् न त तत्काल बुझ्न सक्ने क्षमता नै राख्छन् ती कर्मचारीले भने । त्यहाँ नेपालको बीमा प्रणालीको बारेमा प्रस्तुति दिनुपर्छ । यसले अन्तर्राष्ट्रिय बेइज्जत हुने बाहेक अरू केही देखिएको छैन । उता स्वास्थ्य बीमा बोर्डसँग छलफल नै नगरी आफूखुसी कर्मचारी पठाउन मन्त्रालयको निर्णय तत्काल सच्याउन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार