आज पनि तीन दलका नेताबीच उपलब्धिहीन छलफल
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १२:३२:२९
२४ साउन, काठमाडौं । संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधबार छलफल भएको छ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बसेको छ ।
आज बिहान ११ बजेदेखि बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तस्करीको सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसदमा अवरोध राख्दै आएको छ । संसद खुलाउनका लागि सोमबार र मंगलबार भएका दलहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि एमालेले प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरूबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमालेले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । यो विषयमा सत्तापक्ष सहमत छैन । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सदनको अवरोध लम्बिँदो छ । संसद बैठकअघि शीर्ष नेताबीच छलफल भएको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार