वाकीटकी बोकेर सडकमा देखिएका रास्वपाका कार्यकर्तामाथि प्रशासनको निगरानी
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १३:१२:११
२४ साउन, काठमाडौं । वाकीटकीसहित सडकमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का कार्यकर्तामाथि प्रशासनले निगरानी बढाएको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डकाे कालीखाेलामा मंगलबार पहिरो पञ्छाउने क्रममा रास्वपाका कार्यकर्ता पार्टीको चुनावचिन्ह घण्टी र र्यापिड एक्सन टिम (आरएटी) छापिएको वाटर प्रुफ ज्याकेट र हातमा वाकीटकी बोकेर तैनाथ भएको देखिएपछि चितवन प्रहरीले निगरानी सुरु गरेको हो ।
जिल्ला प्रमुख अधिकारी सुरेन्द्र पौडेलले बुधबार एक सूचना जारी गर्दै संचार सेट (वाकीटकी)सहित खानीखोलामा देखिएका अमुक दलका कार्यकर्ताको रुपमा देखिएका व्यक्तिहरुमाथि अनुसन्धान गर्न संचार सेट वैधानिक हो वा होइन जाँच गर्न निर्देशन दिएका छन् ।
साथै विपद्का घटनामा कुनै दल वा संगठनको परिचयबिना र विपद व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार