कहिलेबाट खुला हुँदै छ अपि पावरको हकप्रद शेयर ?
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १३:२०:५
२४ साउन, काठमाडाैं । अपी पावर कम्पनीले ३१ साउनदेखि ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद शेयरको लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद शेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।
यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से १२७ अंकले बढ्यो, आज १३ अर्ब १० करोडको कारोबार
भदौ १७, २०८१ सोमबार
रु रु जलविद्युत परियोजनाले ७.०७ प्रतिशत कमायो नाफा
साउन २८, २०८१ सोमबार
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि
साउन २७, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार
भ्रष्टाचारविरोधी भन्नेहरू उल्टो यात्रामा जोरजुलुम, जनता सधैं मारमा ?
असोज ६, २०८१ आइतबार
क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
असोज ६, २०८१ आइतबार
छोराले घरमै नागरिकता पाएपछि खुशी छन् भवानी
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
असोज ६, २०८१ आइतबार