सरकारले गौरहत्याकाण्डमाथि अनुसन्धानको तयारी गरेपछि उपेन्द्रले सुरु गरे शीर्ष नेताहरुसँग छलफल
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १४:३०:११
२४ साउन, काठमाडौं । २०६३ मा रौतहटको गौरमा २७ जना तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको घटनामाथि सरकारले अनुसन्धान गर्ने तयारी गरेपछि घटना एक पक्ष तत्कालीन जनाधिकार फोरमका अध्यक्ष समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले मुख्य दलका नेताहरुसँग छलफल सुरु गरेका छन् ।
घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने विषयमा घटनामा मारिएकाकाहरुको परिवार सदस्यका गृह मन्त्रालयले मंगलबार ५ बुँदे सहमति गरेको थियो । त्यसको भोलिपल्ट बुधबार बिहान अध्यक्ष यादवले सरकारका मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी घटनाका विषयमा छलफल गरेका छन् ।
यादवले हिजै देउवालाई फोन गरेर बुधबार भेटका लागि समय लिएका थिए । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग छलफल सकेपछि देउवाले यादवसँग भेटेर घटनाका विषयमा छलफल गरेको स्रोतको भनाइ छ ।
यही विषयलाई लिएर यादवले पार्टीभित्र पनि छलफल थालेको बताइएको छ । सरकार अघि बढेमा जसपाले सरकार छाड्नुपर्ने सम्मको कुरा उठेको बताइन्छ । यादवले प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गरेको बताइन्छ ।
तत्कालीन पहिलो संविधानसभाको पहिलो निर्वाचनका क्रममा चुनावी सभा गर्ने विषयमा फोरम र माओवादीले एकै स्थानमा मञ्च बनाउने जिद्दी गर्दा दुवै पक्षबीच झडप हुँदा माओवादीका युवा उमेरका युवक र युवती गरी २७ कार्यकर्ताको चिर्पट र बाँसका भाटाले हिर्काएर निर्मम तरिकाले हत्या गरिएको थियो । हत्या फाेरमले भारतबाट ल्याएकाे मानिसहरूबाट गरिएकाे आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार