कांग्रेस नेता सिटौला आगामी भदौदेखि देश दौडाहामा निस्किने
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १४:४५:५७
२४ साउन, काठमाडौं ।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला आगामी भदौदेखि देश दौडाहामा निस्किने भएका छन् । नेपाली जनताले संविधान र परिवर्तनबाट के कस्ता उपलब्धि हासिल गरे भन्ने बिषयमा जनस्तरमै गएर बुझ्न नेता सिटाैला देश दौडाहामा निस्किन लागेका हुन् ।
नेपाल प्रेस काठमाडौं शाखाका नवनिर्वाचित कार्यसमितिसँग भेटमा उनले परिवर्तनको संविधान र संविधानबमोजिमको राज्य व्यवस्थाबाट आम मानिसमा के–कस्ता परिवर्तन देखियो भन्ने विषयमा बुझ्न देश दौडाहा गर्ने जानकारी दिए ।
“यहीँ बसेर अनुमान गर्नु राम्रो हुँदैन, त्यहीँ भएर देशका केही स्थानमा पुगेर जनस्तरकै कुरा सुन्ने तयारीमा छु, यसले तीनै तहको बारेमा बुझ्न मद्दत गर्नेछ”, नेता सिटौलाले भने, “राज्य सञ्चालन र समाजको सोच फरक रुपमा विकसित भइरहेको छ, सत्ता र प्रतिपक्षको उद्देश्य एउटै छ, यहाँ सत्ता टिकाउने र गिराउने भन्दा फरक उद्देश्य देखिएन, उहाँहरूले जनताको हितमा साँझा दृष्टिकोण उठाएको पाएको छैन ।”
उनले किसान, महिला, दलितको अधिकारसँगै निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, आवासको हक, रोजगारीको हक, स्वच्छ पिउने पानीको हक जस्ता संविधानमा रहेका मौलिक हक कार्यान्वयनबारे कसैको चासो नदेखिएकामा चिन्ता व्यक्त गरे । उनले यी सबैको कारण सबै पार्टीका नेताको स्वार्थ सत्ता र शक्ति रहेको बताए ।
गएको निर्वाचनले कांग्रेसलाई ठूलो पार्टी बनाएकाले सो दायित्वलाई बुझ्दै जनतालाई ठुलो बनाउन चुक्नु नहुने उनले बताए । “यो व्यवस्था जनताका सेवाका लागि नभइ आफ्नै लागि, निजी स्वार्थका लागि प्रयोग गरिएकाले जनताको गुनासो बढिरहेको छ, यो सबै पार्टीका जनप्रतिनिधिमा देखिएको छ, यसले जनताको गुनासो झनै बढाउने काम गरिरहेको छ”, नेता सिटौलाले भने।
उनले अहिलेको देश दौडाहा पार्टीको आउँदो महाधिवेशनसँग केन्द्रीत नरहेको बताए । “महाधिवेशनको तयारी सोही वर्षमा हुन्छ, त्यो समयमा विचार मिल्ने साथीको समूह बन्ने र समूहहरूबीच प्रतिस्पर्धा हुने पार्टीको आन्तरिक लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो, तर अहिले नै त्यसतर्फ लाग्नु हतारो हुन्छ ।”
उनले आउँदो महाधिवेशनबारे निर्णय लिनु अगाडि केन्द्रका नेतादेखि जनस्तरका कार्यकर्ताको कुरा बुझ्ने बताए । “म सबैको कुरा सुन्न चाहन्छु, बुझ्न चाहन्छु, पार्टीको विचार सम्प्रेषण गर्नेभन्दा पनि जनताको कुरा सुनेर समस्या सम्बोधन गर्ने छु, त्यसपछि मेरो धारणा सार्वजनिक गर्नेछु”, नेता सिटौलाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार