नेविसंघ समानान्तर समिति घोषणा गर्ने तयारी गरेकालाई सानेपामा प्रहरीले रोक्यो, भोलि देउवाको घर घेर्ने
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १५:५०:३६
२४ साउन, काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ 'नेविसंघ'का दुई समूहबीच नाराबाजी भएको छ । दुजाङ शेर्पा नेतृत्वको ७११ सदस्यीय नेविसंघ र समानान्तर समिति घोषणाका लागि बुधबार दिउँसो पार्टी कार्यालय पुगेको दुवै समुहबीच नाराबाजी भएको हो ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।
विद्यार्थी नेताहरू योगेन्द्र रावल, अशोक विष्ट, विनोद शाही लगायतको समूह नेविसंघको समानान्तर कमिटी घोषणाका लागि सानेपा पुगेका थिए । प्रहरी परिचालन गरेर उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले रोकेको थियो । पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि भोलि सभापति देउवाको घर घेर्ने नेता रावलले चेतावनी दिएका छन् ।
नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ। सभापति देउवाले २०७८ चैत ९ मा नेविसंघ तदर्थ समिति अध्यक्षमा शेर्पालाई मनोनीत गरेका थिए।
शेर्पा अध्यक्ष रहेकै समितिलाई १६ महिनापछि गत सोमबार बेलुकी १० बजे सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए। अध्यक्ष शेर्पासहित नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधान विपरीत भन्दै नेतृत्वको आलोचना भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार