भित्री वस्त्रमा सुनको बिस्कुट लुकाएर ल्याइरहेको अवस्थामा पोखरामा एक महिला पक्राउ
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार ११:५२:५५
२५ साउन, काठमाडौं । पोखराको बसपार्कबाट एक महिलालाई भित्री बस्त्र (ब्रा)मा सुनको बिस्केट लुकाएर बसमा यात्रा गरिरहेका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकश जोशीका अनुसार काठमाडौंबाट पोखरा पुगेको ग १ ख ९९४४ नम्बरको बसबाट चेकजाँचका क्रममा काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई सुनको बिस्कृटसहित पक्राउ गरिएको हो ।
गुरुङले उक्त बस्त्रभित्र सुनको बिस्कुट र औँठी लुकाएर लगिरहेको अवस्थामा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । बरामद सामान सुन नै भएको र थप परीक्षणका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीको भनाइ छ । बरामद सुनको तौल २८ तोला रहेको बताइएको छ ।
अभियुक्त कल्पनाले आफूलाई पैसा दिएर सुन पोखरासम्म पुर्याउन भनेको बयान दिएको प्रहरीको भनाइ छ ।
यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय पचपन्न किलोग्राम भन्दा बढी सुन मोटरसाइकलको ब्रेकसुमा परिणत गरेर तस्करी भएको र त्यसमध्ये एक सय किलोग्राम जति मात्र सिनामंगलबाट बरामद भएको थियो । सो विषयले राजनीतिमा तरंग पैदा गरिदिएको छ ।
विदेशबाट विभिन्न पार्टपूर्जामा राखेर तस्करी गर्ने र काठमाडौं आइपुगेपछि गालेर बिस्कुट बनाउने काम तस्करलेहरुले गर्दै आइरहेको रहस्य सुन तस्कर प्रकरणको अनुसन्धानमा खुलेको छ ।
बरामद हुन नसकेको सुन काटमाडौंभित्रै घुमिरहेको अनमान गरिरहेका बेला पोखरामा सुनको बिस्कुट बरामद भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार