स्याङ्जामा ९० प्रतिशत रोपाइँ सम्पन्न
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १२:१४:५९
प्रकाश डोटेल
२५ साउन, स्याङ्जा । स्याङजामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्येको ९० प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो हप्तासम्म आईपुग्दा जिल्लाका १८ हजार हेक्टर खेती योग्य जमिनको ९० प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको हो । समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुने जमिन मध्ये ३ प्रतिशत कम जमिनमा रोपाइँ भएको छ ।
पछिल्लो समय आवश्यक जनशक्तिको अभाव, बढ्दो बसाई सराई, समयमै प्रर्याप्त वर्ष नहुँदा जिल्लामा गतवर्षको तुलनामा यस वर्ष कम क्षेत्रफलमा रोपाइँ हुने भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । खेत योग्य जमिन मध्ये गत वर्ष ९८ प्रतिशत रोपाइँ भएको थियो, भने यस वर्ष धानखेती हुने भु–भाग मध्ये ९५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ हुने अनुमान गरिएको छ ।
“जिल्लाको उपल्लो भागहरुमा छिटै रोपाइँ गर्नुपर्ने मौसमी बाध्यता थियो तर समयमै अर्थात् धान रोपाइँ शुरु हुने समयमा वर्षा हुन नहुँदा केहि जमिन बाँझो रहेका छन् ।” ज्ञान केन्द्रका प्रमुख विनोद हमालले भने, “वर्षेनि रोपाइँको क्षेत्रफल घट्दै गएको छ ।” बढ्दो शहरीकरण, युवाहरू वैदेशिक रोजगारीमा जानु, मौसम प्रतिकूलता लगायतका विविध कारणले खाद्यान्न उत्पादन क्षेत्रफल अनुपात घट्दै गएको हमालले बताए ।
११ पालिकामध्ये हरिनास गाउँपालिकामा रोपाइँ सकिएको छ । हरिनासमा ९५ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम कालीगण्डकीमा ७० प्रतिशत रोपाइँ भएको छ । साउनको अन्तिम सातामा सबै पालिकामा रोपाइँ लागि तयारी अवस्थामा रहेका खेत तथा प्याडहरु रोपेर सकिने ज्ञान केन्द्रको अनुमान छ ।
जिल्लामा १६ हजार बर्खे र २ हजार चैते धानखेती हुने भूभाग गरी १८ हजार धानखेती हुने क्षेत्रफल छ । हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्थानीय कृषकले उन्नत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिट्टै रोगले आक्रमण गर्ने भएकाले कृषकहरू उन्नत जातका धानमा आकर्षित छन् । सावित्री, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै कृषकले लगाउँदै आएको केन्द्रले जनाएको छ ।
उन्नत जातको धानका लागि जिल्लामा १५ वटा बिउ उत्पादक समुह छन् । समुहले उत्पादन गरेका उन्नत जातका धान अन्य जिल्लामा समेत निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा अझै १२ प्रतिशत क्षेत्रफलमा परम्परागत गुडुला, जर्नेलीलगायतका धान रोप्ने गरिएको छ भने १५ प्रतिशत क्षेत्रफलमा हाईब्रिट लगाउने गरिएको छ ।
जिल्लाका कालीगण्डकी, आँधीखोला, ज्याग्दीखोला किनार, चापाकोट फाँट, सेतीदोभान र बिरुवा फाँट धान खेतीका उर्वर क्षेत्र हुन । यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार, वालिङ नगरपालिका, रत्नपुर, मल्यांकोट, चिन्नेवास, बिर्घा, अर्जुनचौपारी, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङ पनि धान प्रमुख उत्पादक क्षेत्र हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा
असोज २, २०८१ बुधबार
पश्चिम म्याग्दीका किसान कोदो खेतीतिर आकर्षित
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार