प्रहरीको यातनाबाट कैदीबन्दीको मृत्यु भएको भन्दै परिवारले शव बुझेनन्
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १२:२६:५१
२५ साउन, काठमाडौं । संखुवासभा जिल्ला कारागार खाँदबारीमा मंगलबार राति मृत्यु भएको दुई कैदीबन्दीको परिवारले शव बुझ्न मानेका छैनन् । प्रहरीको यातनाबाट कैदीको मृत्यु भएको दाबी गर्दै उनीहरुले शव बुझ्न नमानेका हुन् ।
कारागारमा रहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मंगलबार राति कारागारभित्रै मृत्यु भएको थियो । प्रहरीले भने बुधबार बिहान अचेत अवस्थामा फेला परेको र जिल्ला असप्तालमा उपचारका क्रममा मृत्यु भएको दाबी गर्दै आइरहेको छ । तोलांगी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय काटिरहेका थिए ।
प्रहरीले उनीहरु दुवै जना कारागारको शौचालय फोडेर भाग्न खोज्दा पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको र राति नै दुवै जना अचेत भएको दाबी गरेको छ । प्रशासनलाई बुझाएपछि कैदीबन्दीबीच झडप भएको र त्यसक्रममा घाइते भएको पाइएको प्रहरीले बताउँदै आइरहेको छ । तर आफन्तले शवमा देखिएका गम्भीर चोट र निलडामलाई हेर्दा नियन्त्रणमा लिएर मनपरी तरिकाले चरम यातना दिएको र त्यसका कारण मृत्यु भएको दाबी गरेका छन् । अन्य कुनैपनि कैदीबन्दी घाइते नभएको समेत दाबी गरेका छन् ।
कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताएका छन् । कारागारका वरिपरिका बस्तीमा मानिसहरुले पनि मंगलबार राति कारागारभित्र २ जनालाई चार जना प्रहरीले बाँधेर चरम यातना दिइरहेको र खुट्टामा हान, खुट्टामा हान भन्ने सुनेको बताएका छन् ।
घटनापछि बुधबार बिहान जिल्ला सुरक्षा समितिको बैठक बसेर घटना छानबिन गर्न सहायक प्रजिअ मोहनमणि घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको र लगत्तै ९ जना कैदीलाई अनुसन्धानका लागि भन्दै हिरासतमा लिएका थिए । नाइके कैदीसमेतलाई हिरासतमा राखेपछि दिउँसो कारागारभित्र कैदीहरुले प्रहरीको यातनाबाट बलामी र तोलांगीको ज्यान गएको र त्यसको दोष आफूहरुलाई लगाउन खोजेको भन्दै प्रहरीमाथि भित्रैबाट नाराबाजी र ढुंगामुडा गरेका थिए ।
यातना दिन निर्देशन दिने प्रहरी अधिकारी र कुटपिटमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै कारागारका कैदीबन्दी अझै आन्दोलित छन् । दोषी प्रहरीलाई कारवाही हुनुपर्ने उनीहरुको माग छ । एक सय क्षमताको जिल्ला कारागारमा हाल आठ महिलासहित ढेड सय कैदीबन्दी राखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार