स्याङ्जामा राजश्व संकलनमा बृद्धि, दुर्घटनामा कमी
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १२:४२:३८
प्रकाश डोटेल
२५ साउन, स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गत वर्ष एक करोड भन्दा बढि राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने १३ हजार एक सय २७ सवारी साधनलाई कारबाही गर्दा एक करोड ७२ हजार राजश्व संकलन भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने चार हजार ९ सय २२ मोटरसाइकललाई कारबाही गर्दा सबै भन्दा बढि ४० लाख चार हजार राजश्व संकलन भएको छ । प्रहरीले तीन हजार दुई सय ५४ जिप, कार र भ्यानलाई कारबाही गर्दा २३ लाख ८६ हजार पाँच सय राजश्व संकलन भएको जनाएको छ ।
गएको वर्ष नियम उल्लंघन गर्ने एक हजार छ सय ६९ बस कारबाहीमा पर्दा ११ लाख ९५ हजार, एक हजार ४२९ ट्याक्टरबाट १० लाख ८६ हजार पाँच सय राजश्व उठेको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । एक हजार ८९ ट्रक कारबाहीमा पर्दा ८ लाख १८ हजार पाँच सय र सात सय ६४ अन्य सवारी साधन कारबाहीमा पर्दा ५ लाख ८१ हजार पाँच सय राजश्व उठेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कारबाही संख्या र राजश्व संकलनमा समेत बृद्धि भएको छ । अघिल्लो वर्ष नौ हजार नौ सय १६ सवारी साधन कारबाहीमा गर्दा ७० लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी स्याङ्जा प्रमुख प्रविण आचार्यले जानकारी दिए ।
ट्राफिक प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष भन्दा गत वर्ष दुर्घटनामा न्यूनीकरण आएको छ । अघिल्लो वर्ष २९ सवारी दुर्घटना हुँदा १८ महिला, १७ पुरुष र ५ बालबालिका गरी ४० जनाले ज्यान गुमाएका थिए भने पछिल्लो वर्ष भएको २१ सावरी दुर्घटनामा १० पुरुष, एक महिला र एक बालबालिका गरी १२ जनाले ज्यान गुमाएका छन् ।
दुर्घटना र नियम उल्लंघन न्यूनीकरण गर्न ट्राफिक प्रहरीले जिल्लाभर ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ । गत वर्ष ट्राफिक प्रहरीले दुई हजार आठ सय ९० कार्यक्रम मार्फत २२ हजार पाँच सय ४६ जना चालक, सह–चालक, यात्रु र विद्यार्थीलाई सचेतनामा समावेश गरेको थियो ।
ट्राफिक प्रहरीले विद्यालय, समुदाय, पुराना र नयाँ चालक, व्यवसायीबीच सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । जिल्ला सदरमुकाम पुतलीबजार, व्यापारिक केन्द्र वालिङ, राजमार्गस्थित फेदीखोला र गल्याङ् तथा ग्रामीण क्षेत्र चापाकोट, सेतीदोभान चेकपोस्ट खडा गरेर दुर्घटना न्यूनीकरण र नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार