संरचना भत्काउन डोजरसहित पुगेपछि काठमाडौं महानगर प्रहरी र बूढानीलकण्ठका स्थानीयबीच विवाद
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १३:३५:२१
२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली र बूढानीलकण्ठ नगरपालिका–१० का वडाअध्यक्षसहितको समूहबीच विवाद भएको छ । वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको समूह र काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीबीच विवाद भएको हो ।
बूढानीलकण्ठको साततलेमा कपन खोलामाथि बनाइको संरचना भत्काउन डोजरसहित पुगेपछि पाण्डेसहितको टोलीलाई वडाध्यक्ष भट्टराइले रोकेपछि विवाद भएको हो । दुवै पक्षबीचको विवाद घम्साघम्कीको अवस्थामा पुगेपछि प्रहरीको समन्वयमा अहिले छलफल भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् । बुढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।
स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । ‘खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढेपनि बुडानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा डोजर चलेको छैन । बुढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार