झापाकी क्यान्सरपीडित सोनिया भरतपुरको होटलमा मृत भेटिइन्
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १४:१:९
२५ साउन, काठमाडौं । पाठेघरको क्यान्सरको उपचारका लागि चितवन पुगेकी झापाकी एक महिला भरतपुरस्थित एक होटलमा मृत फेला परेकी छन् । भरतपुरस्थित माडी पाहुना घर एण्ड लजमा झापाको भद्रपुर नगरपालिका निवासी ४० वर्षीया सोनिया पोखरेल मृत अवस्थामा भेटिएकी हुन् ।
सोनिया उपचार गर्न श्रीमान सुर्य पोखरेलसहित साउन २० गते भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेकी थिइन् । सुरुदेखि नै दम्पत्तिले उक्त होटलमा कोठा लिएका थिए ।
बुधबार साँझ अस्पताल जान्छु भनेर हिँडेका सूर्य बिहीबार बिहानसम्म पनि नदेखिएपछि होटल संचालकले कोठामा हेर्न जाँदा श्रीमती सोनिया मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूर्य अहिलेसम्म पनि फेला नपरेको चितवन प्रहरीले जनाएको छ ।
सोनियाको शव पोस्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पठाइएको छ । बेपत्ता सूर्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार