पाटन दरबार स्क्वायरमा नगरप्रहरीको सक्रियता : मन्दिर क्षेत्रमा अवाञ्छित क्रियाकलाप प्रतिबन्ध
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १६:२:५३
२५ साउन, ललितपुर । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा हुने अवाञ्छित क्रियाकलापमा रोक लगाएको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले पाटनका पुरातात्विक क्षेत्रमा बस्न र अनैतीक क्रियाकलाप गर्न रोक लगाइएको जानकारी दिए ।
उनले भने मन्दिर परिसरमा बस्नेहरुले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हाछेथुको भनाई छ । उनले भने ‘यो विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रमा केटाकेटीहरू आएर अनैतिक क्रियाकलाप गर्ने चिया खाने यहीँ फाल्ने र यहाँ बस्दा खेरी यहाँका बहुमूल्य भगवानका चिजहरू सबै बाङगो टिङगो बनाएर खुट्टाले हानेर सबै बिगारेको छ । त्यसैको सुरक्षाको लागी हामी ललितपुर महानगरपालीकाले यस्तो नियम बनाएको हो ।’
गत शनिबारदेखि यो नियम लगाइएपनि आजदेखि थप कडाईका साथ लागु गर्न लागिएको उनले बताए । ‘यो सबैको साझाँ सम्पति भएकोले यो नियम सबैले मान्नै पर्छ । यो पूर्खाले बनाएको सम्पत्तिलाई सुरक्षा दिनु हामी सबैको जिम्मेवारी हो । हामीले यो नियम अस्ति शनिबार देखि लागु गरेका हौं । त्यो भन्दा अगाडि यो क्षेत्रलाई लभर पोईन्टको रुपमा प्रयोग गरिएको थियो । त्यसले गर्दा वरपरको छिमेकीहरूको कम्पेलन आउने गरेको थियो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार