कैलाली, बर्दिया र तनहुँबाट लागूऔषधसहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १६:१४:५५
२५ साउन, काठमाडौं । कैलाली, बर्दिया र तनहुँबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१४ खुटियाघाटबाट अवैध लागूऔषध चरेश ४ किलो ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका-७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका-७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका-४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल गाउँपालिका-२ बस्ने २८ वर्षीय मिन बहादुर मालीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-७ बस्ने २८ वर्षीय अरूण चौधरी समेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ ।
तनहुँ, ब्यास नगरपालिका-४ भोर्लेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित सोही नगरपालिका-१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्र बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज २, २०८१ बुधबार
सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ
असोज १, २०८१ मंगलबार
करिब २ सय ९६ किलो गाँजासहित महोत्तरी र मोरङबाट चार जना पक्राउ
असोज १, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार