अमेरिका अब हार्डवेयरसहित नेपाल छिर्दैछ : नेकपा
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १६:२३:६
२५ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिका विकासको नाममा नेपालमा हार्डवेयरसहित छिर्न खोजिरहेको बताएको छ । मंगलबार सुरू भएर जारी रहेकाे पार्टीको केन्द्रीय प्रतिनिधिहरुको बैठकमा धारणा राख्दै नेता कर्णजित बुढा ‘सुशिल’ले अमेरिकी साम्राज्यवाद नेपालमा एमसीसीको नाममा सफ्टवेयरमार्फत छिरेको र अब उसले हार्डवेयर (सैन्य)मार्फत छिर्ने कोशिस गरिरहेको बताए ।
अमेरिकाले विश्वभर सैन्य र आर्थिक मामिलामा पकड जमाउने रणनीतिमा निरन्तर लागिरहेको र नेपालमा सत्ताका संरचना, प्राविधिक र राजनीतिक दलहरूलाई आर्थिक प्रभावमा पारेर सैन्य शक्तिसहित आउने योजना बनाएको बताए ।
मुलुकमा साम्राज्यवाद र विस्तारवादलाई रोक्न नेपालीलाई विचार र प्राविधिक रुपले बलियो बनाउनुको विकल्प नरहेको प्रशिक्षणमा उनले बताए । त्यसनिम्ति नेकपाले वैचारिक र रणनीतिक रुपमा अगाडि बढ्ने नीति लिएको बताए । नेपाल सरकारले सम्झौता गरेर कार्यान्वयनको चरणमा रहेको अमेरिकी मिलिनियम च्यालेञ्च कर्पोरेसन (एसीसी)अन्तर्गतको परियोजना सम्झौताको खुलेर विरोध गर्नेमा नेकपा अग्रपंक्तिमा रहेको छ । उसले प्रसारण लाइन र ग्रामिण सडक निर्माणका लागि भनी गरिएकाे एमसीसी परियाेजना सम्झाैतालाइ राष्ट्रघाती सम्झाैता भनेकाे छ । महासचिव विप्लवले प्रशिक्षण दिएपछि बैठक बिहीबार सकिँदैछ ।
तत्कालीन सशस्त्र द्वन्द्वमा सक्रिय भूमिका निर्वाह गरेका हुम्लाका बुढा पछिल्लो चरणमा पार्टी एकता गरेर नेकपामा पुगेका हुन् । नेकपाले केन्द्रीय समितिपछिका संरचनाको रुपमा केन्द्रीय प्रतिनिधि समिति खडा गरिएको छ । जसलाई नेपाली कांग्रेसको महासमिति जस्तै भएको टिप्पणी हुदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार