इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १६:२८:५
२५ साउन, क्विटो । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन्।
“ राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,” राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भनेका छन्।
दश दिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्व पत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी ¥यालीमा गोली हानी हत्या गरिएको हो ।उनको चुनावी प्रचार टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका उनको टाउकोमा तीन गोली प्रहार गरेको थियो ।
राष्ट्रिय सभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा सङ्गठित अपराध र सरकारी अधिकारीहरू बीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारहरूमध्ये एक हुन् ।
ल्याटिन अमेरिकामा अपेक्षाकृत सुरक्षित र स्थिर देशका रुपमा चिनिएको इक्वेडरमा हालैका दिनमा हिंसा र अपराधमा भर्खरको वृद्धि भएको छ । आपराधिक गतिविधि वृद्धिको मुख्य कारण लागूऔषध तस्करी बनेको छ ।
भिल्लाभिसेन्सियोलाई गोली प्रहार भएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेको थियो । त्यसक्रममा दुई प्रहरी अधिकारीसहित अन्य नौ जना घाइते भएका छन् । क्विटोमा छापा मारेर हत्यामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टाचार नियन्त्रण र वातावरणीय विनाश कम गर्नुपर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोलाई लागूऔषध तस्करी गर्ने एक गिरोहले हालै ज्यानमार्ने धम्की दिएको थियो । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार