शिक्षा विधेयक मन्त्रिपरिषदले पास गर्दा एउटा थियो, फर्किएर आउँदा उल्टिएर अर्कै भएछः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १७:२३:३५
२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयकका ऐनहरूमा एक्कासि परिवर्तन भएको भन्दै आश्चर्य प्रकट गरेका छन् । उनले मन्त्रिपरिषदबाट पास भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको बताएका छन् । मन्त्रिपरिषदमा पास हुँदा एउटा हुने र पछि फर्किएर आउँदा अर्कै हुने रोग देखेर अचम्ममा परेको उनको भनाइ छ ।
बिहीबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर भएको बताए । मन्त्रिपरिषदले गरेका निर्णय कार्यान्वयनमा जानुको सट्टा त्यसको विषय वस्तु नै अन्तर भएर आउनु दुःखद भएको बताए ।
उनले शिक्षा विधेयक उल्टिएर आएको बताउँदै भने, ‘अहिले एउटा नमिठो अनुभव भयो । संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौं विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो । यो कसले र किन गर्यो । यसलाई कडाइका रुपामा नलिने हो भने यस्ता प्रवृत्तिले सधैं सताउने बताए ।
त्यही कारण संघीय शिक्षा ऐनलाई संसदमा दर्ता गर्न नसकेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफू त्यसको खोजीमा रहेको भन्दै कसले यस्तो गर्यो ? कहाँबाट कुन ठाउँबाट यस्तो भयो हो भन्ने खोजिहुने बताए । मन्त्रिपरिषदका सदस्यहरूले राम्रोसँग हेर्न नपाउँदै विधेयकका व्यवस्थाहरु सार्वजनिक भएको र यो गलत वा सही भन्ने स्थिति बनेको उनले बताए ।
वन ऐन संशोधनका क्रममा पनि झन् नेगेटिभ भएर आएको मन्त्रीको गुनासो रहेको प्रधानमन्त्रीले सुनाए । क्याबिनेटले गरेको निर्णय समेत लागू नभएको अनौठो स्थिति देखा परेको भन्दै उनले भने, ‘कित्ताकाट सम्बन्धी धेरै निर्णय गरियो, कार्यान्वयनमा समस्या छ । कहाँ गएर अड्किएको छ ? अरु कतिपय विषयमा पनि मन्त्रिपरिषदले गरेको निर्णय सचिवले म कार्यान्वयन गर्न सक्दिनौ भनेको पनि उनले सुनाए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘अब यस्तो चल्दैन । ठाउँको ठाउँ कारबाही गर्नुको विकल्प छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार