हिन्दु परिषदका महासचिव र भारतीय विदेश मन्त्रालयका कर्मचारी सुटुक्क नेपालमा
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार २२:५२:२२
२५ साउन, काठमाडौं । माओवादी नेताहरू भारतको भ्रमणबाट फर्के लगत्तै नेपालमा भारतीय विदेश मन्त्रालयका दुई जना अधिकारी र हिन्दु परिषदका एक नेता काठमाडौं आइपुगेका छन् । फरक फरक दिनमा उनीहरू नेपाल आएका हुन् । उच्च सुरक्षा स्रोतले दिएको जानकारी अनुसार विदेश मन्त्रालयका अधिकारी मंगलबार साँझ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मा बाट काठमाडौं आएका हुन ।
स्रोतका अनुसार विदेश मन्त्रालयका निर्देशक मदनलाल राइगर र अधिकृत अश्विन भाष्करण नेपाल आएका हुन् । बुधबार बिहान विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय महासचिव मिलिन्द पराण्डे एअर इण्डियाको उडान नम्बर एआई २१३ बाट नेपाल आएका छन् । यो विषयमा भारतीय राजदूत र नेपाली अधिकारीहरूले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीका अनुसार उनीहरू नेपाल कुन कार्यक्रमको लागि आएका हुन भन्ने जानकारी छैन । तर पनि विभागका अधिकारीहरूले उनीहरूको निगरानी भने गरिरहेका छन् । नेपाल राजनीतिक अवस्था निकै तरल भइरहेको बेला विदेश मन्त्रालयका कर्मचारी नेपाल आएका हुन् । यता भारतीय दूतावासका सञ्चार हेर्नै जिम्मा पाएका कर्मचारी साहिल भने नेपालको रिपोर्ट बोकेर दिल्लीको गृहमन्त्रालय पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्केर आएपछि नेपालमा हिन्दु परिषदका नेता आउनुलाई एक प्रकारले अर्थपूर्ण मानिएको छ । उनको पनि नेपालमा कुनै कार्यक्रम रहेको छैन । गत असोजमा पनि भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने एक उच्च अधिकारी नेपाल आएका थिए । त्यति बेला विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने सहसचिव अनुराग श्रीवास्तव काठमाडौं थिए । नेपाल र भारतका संयुक्त परियोजनाका बैठकमा सहभागी हुन काठमाडौं आएको बताइएपनि अहिलेसम्म उनले सो बैठकमा सहभागी नभई दिल्ली पुगेका थिए । त्यति बेला उनी दिल्ली जानु र नेपाली सञ्चारकर्मीहरूको टोली पनि दिल्ली पुगेका बेला नेपाल पुग्नुको कारणबारे नेपालमा हुन लागेको आम निर्वाचनको विशेष जानकारी राख्नु बताएका थिए ।
त्यति बेला सुरक्षा अधिकारीहरूलाई समेत जानकारी नदिइ काठमाडौ आएका श्रीवास्तवलाई भारतीय दूतावासले आफ्नो अतिथि भन्दै दूतावास पुयाएपछि मात्रै विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने कर्मचारी खुलेको थियो । अहिले आएका कर्मचारीहरू जुनिएर भएपनि उनीहरू नेपाल आउनुको कुनै पनि प्रयोजन नखुलेका यहाँको सत्तामा कुनै न कुनै गडबडी हुँदै छ कि भन्ने अनुमान लगाइएको छ ।
यही बीचमा जनता समाजवादी पार्टीले शुक्रबारलाई केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रचण्डले गौर हत्या काण्डको फाइल अघि बढाउने भनेपछि समाजवादीका अध्यक्षले सो बैठक डाकेका हुन् । भारतीय विदेश मन्त्रालयका कर्मचारी नेपाल आउनु र जसपाको बैठक बस्नुलाई संयोग मात्रै मानिएको भएपनि २०७८ साल पुसमा आएको भारतीय उच्च सुरक्षा टोलीसहित भारतीय विदेश विभागका अधिकारीहरू काठमाडौंको राजनीतिलाई दिल्लीसम्म कनेक्सन गराएका थिए । सुरक्षा निकाय स्रोतका अनुसार भारती सुरक्षा टोली त्यति बेला पनि नेपाली सुरक्षाकर्मीलाई जानकारी नदिई काठमाडौं आएको थियो ।
त्यति बेला भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आएको थियो । त्यति बेला भारतको विदेश मामिला मन्त्रालयको बन्दोबस्ती तथा सम्पत्ति खरिद विभागका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा वरिष्ठ आर्किटेक्ट निधि आनन्द र कर्णेल विनय बहलको टोली काठमाडौं थियो । त्यति बेला टोली वीरगञ्जस्थित महावाणिज्य दूतावासका लागि जग्गा खरिद र भवन निर्माणको पूर्व तयारीका लागि आएको दाबी गरिएको भएपनि शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा सहयोग पुर्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार