स्याङजाको वालिङमा चार दिन विद्यालय बन्द
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार ११:१:२२
प्रकाश डोटेल
२६ साउन, स्याङ्जा । स्याङजामा आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले विद्यालय बन्द गरेको छ । आँखा पाक्ने रोगबाट बढि मात्रामा बालबालिका संक्रमित भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको हो ।
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए । वालिङमा रहेका आँखा उपचार केन्द्रमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ७० प्रतिशतमा संक्रमण भएको उल्लेख गरे ।
शुक्रबारबाट सुरु भएको विद्यालय आगामी सोमबारसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए । संक्रमणलाई थप फैलिन नदिन विद्यालय बन्द गरिएको शर्माले बताए ।
जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखा पाक्ने समस्या लिएर आउने मध्ये धेरै बालबालिका रहेको बताए । गुरुङका अनुसार पछिल्लो दुई तीन दिनमा मात्रै आँखाका बिरामीको संख्या एक सयको हाराहारीमा रहेको छ । जसमा प्रायः सबै विद्यार्थीहरू रहेका छन् ।
आँखा पाक्ने रोग सरुवा रोग भएकाले विद्यालय बन्द गरेर भएपनि नियन्त्रणको प्रयास गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विद्यार्थीहरूलाई घरमै बसेर रोग नियन्त्रणमा सहयोग पु¥याउन समेत आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुराडाँडामा २ दिने शिक्षक बिकास तालिम कार्यक्रम सम्पन्न
माघ ५, २०८१ शनिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार