संसद अवरोध र संसदीय समितिमा सभापति पठाउने बारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार ११:८:४२
२६ साउन, काठमाडौं । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको संसद अवरुद्ध र कांग्रेसको भागमा परेका संसदीय समितिको सभापतिमा कसलाई पठाउने भन्ने बारे छलफल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।
बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्ने बारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । यस्तै कांग्रेसले पठाउनुपर्ने संसदीय समितिका सभापतिको नाम पनि आजै टूंगो लगाउने तयारीमा कांग्रेस रहेको उनले बताए ।
बैठकमा आगामी दिनमा संसदमा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने बारे छलफल हुनेछ ।
संसदीय समितिमा सत्तारुढ दल नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १–१ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३ वटा संसदीय समितिको नेतृत्व गर्ने सहमति भएको छ । भागबण्डा अनुसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार