सेटिङबिना क्वीन्टलका क्वीन्टल सुन तस्करी संभव हुँदैन : सांसद न्यौपाने
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार ११:३२:२८
२६ साउन, काठमाडौं । क्वीन्टल सुन तस्करीबारे सरकारको आलोचना गर्ने क्रम आज पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरुले जारी राखेका छन् । शुक्रबार बिहान ११ बजे सुरु भएको राष्ट्रियसभाको बैठकमा दलीय आधारमा बोल्दै एमाले सांसद भगवती न्यौपानले क्वीन्टल सुन प्रकरणमा तस्करसँग सरकारका मन्त्री र कर्मचारीको सेटिङ रहेको आरोप लगाइन् ।
उनले एमालेले समसामयिक विषयमा जनताको आवाज उठाउन संसद चल्न दिने निर्णय गरेपनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग यथावत रहेको बताइन् ।
समितिले मात्र कुनैपनि वस्तुमा भएका तस्करीमाथि छानबिन गर्न सक्ने र त्यसमा संलग्न मन्त्री, सुरक्षा निकायका प्रमुखमाथि छानबिन गर्न सक्ने उनको भनाइ छ । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा तस्करसँग सरकार मन्त्री र चेकजाँचको जिम्मा पाएका सुरक्षा प्रमुखहरुको सेटिङ भएको घटनाक्रम आइरहेको बताइन् । ‘सरकारमा बस्ने मन्त्री र सुरक्षा अधिकारीकाे सेटिङबिना कसरी संभव भयाे ?’ सांसद न्याैपानेले प्रश्न गरिन् । सेटिङबिना क्वीन्टलका क्वीन्टल सुन तस्करी संभव हुँदैन ः सांसद न्यौपाने
सरकारले उच्च स्तरीय समिति गठन नगरेकै कारण बाध्य भएर संसद अवरुद्ध पार्न एमाले बाध्य भएको उनको भनाइ थियो । संसद बैठक अवरुद्धको दोष एमालेमाथि लगाएर सरकार तस्करलाई बचाउने ध्याउन्नमा लागेको आरोप लगाइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार