नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ
ब्युरोको अपरेशनमा १५ जना चिकित्सक निशानामा
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार ११:४८:६
२६ साउन, काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआइबी'ले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआइबी'का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरेकाे थियाे । सीआइबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा मोरङ–३ बाट निर्वाचित सांसद शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरीका साथै रामबाबु यादव र एरिना शाह पन पक्राउ परेका छन् । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् ।
ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्क विहीन भएका तीनजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौं–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रु ५० हजार, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै रु दुई लाख ५५ हजार तथा पुलामी मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै रु दुई लाख ५६ हजार रकम लिई सम्पर्क विहीन भएको उजुरी परेको थियो । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार