अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपाको युवा संगठनद्वारा वृक्षारोपण
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १२:३६:१५
२६ साउन, काठमाडौं । २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक वनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुद्राक्षको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
युवा संगठनले राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको र यसलाई देशव्यापी निरन्तरता दिइने सो संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।
वृक्षारोपण कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं संयोजित संगठन विभाग प्रमुख राजेन्द्र गुरुङ, संगठनका पूर्व अध्यक्षहरू, संगठनका पदाधिकारी सदस्यहरू, काठमाडौं क्षेत्र नं २ का नेता कार्यकर्ताहरू र स्थानीयबासीले विभिन्न प्रजातिका ५०० विरुवा रोपेर वृक्षारोपण गरेको युवा संगठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा संगठनले शनिबार वृहत् रक्तदान र चियापान कार्यक्रमको आयोजना पनि गरेको आचार्यले बताएका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार