सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १२:४१:२३
२६ साउन, बेदकोट । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै पर्याप्त सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।
भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताए । “यहाँ सार्वजनिक शौचालय छैन, स्थानीय तहलाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन”, उनले भने, “हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै समस्या छ ।”
यहाँका व्यापारीले शौच गर्नका लागि आफैँले अस्थायी शौचालय निर्माण गरेका छन् । बर्सातमा मिनी मार्केट रहेको क्षेत्र डुबानमा पर्ने हुनाले शौचालय जानै मुस्किल पर्ने गरेको उहाँको गुनासो छ । “हामीले पसल थापेको यो क्षेत्र बर्सातमा जलमग्न हुन्छ, अस्थायी बनाइएको चर्पी पनि भत्काउँछ”, उनले भने, “हामीले शौच गर्न कहाँ जाने ?”
मिनी मार्केटमा ४३ व्यवसायीले व्यवसाय सञ्चालन गरेका छन् । पटकपटक आग्रह गर्दा पनि भीमदत्त नगरपालिकाले शौचालय निर्माण नगरेको जनाउँदै उनीहरुले विरोधस्वरुप स्थानीय तहलाई कर तिरेका छैनन् । “स्थानीय तहले हाम्रो शौचालयको अभावको समस्या सुनेन, १५ साउनदेखि कर बुझाएका छैनौँ”, व्यावसायी जयसिंह भण्डारीले भने, “तत्काल यहाँ शौचालय निर्माण गरिनुपर्छ ।”
यहाँ व्यापार गरेबापत स्थानीय तहलाई प्रत्येक दिन व्यापारीले रु ५० कर तिर्दैै आएका थिए । विसं २०७४ पुसमा कञ्चनपुर जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसा मुक्त घोषणा गरिएको छ वर्ष बित्नै लाग्दा पनि अझै महेन्द्रनगर बजार क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन सकेका छैन ।
अर्कोतर्फ बजार क्षेत्रमा भएका शौचालय पनि मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् । सार्वजनिक शौचालय फोहरले दुर्गन्धित रहेको सर्वसाधारणको गुनासो छ । खुला दिसामुक्त घोषणा भएको जिल्लाको बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण खुला ठाउँमै शौच गर्न बाध्य छन् । जसले बजार क्षेत्र दुर्गन्धित बन्दै गएको र रोग फैलिने जोखिम बढेको छ ।
“सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नुबाहेक विकल्प छैन”, स्थानीयवासी रोशन थापाले भने, “कतिपय सर्वसाधारण झाडी तथा खुलारुपमै शौच गर्न बाध्य छन् ।” बजार क्षेत्रको ठाउँ ठाउँमा सार्वजनिक शौचालय निर्माण हुने पर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार