संखुवासभा कारागारभित्र कैदीबन्दीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि १० प्रहरी नियन्त्रणमा
सीसीटिभी फुटेजमा लछारपचार गरेको दृष्य
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १२:५८:८
२६ साउन, काठमाडौं । जिल्ला कारागार संखुवासभामा मंगलबार राति दुई कैदीबन्दीको मृत्यु भएको घटनामा छानबिन गर्न सुरक्षामा खटिएका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ ।
मृतकको परिवारले दुई कैदीको मृत्यु प्रहरीको कुटपिटबाट भएको भन्दै शव बुझ्न नमानेपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि कोशी प्रदेश कार्यालयबाट छानिबन सुरु गरिएको हो । प्रकरणमा छानबिनका लागि प्रहरीले बुधबार नै कारागारका नाइकेसहित ९ जना कैदीबन्दीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
मंगलबार राति शौचालयको झ्याल फोडेर भाग्न खोजेको आरोपमा सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको भनिएका बलात्कार मुद्दामा वर्ष दिनदेखि कैद सजाय काटिरहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र चोरी मुद्दाका कैदीबन्दी नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको सोही राति मृत्यु भएको थियो । जसलाई प्रहरीले कैदीबन्दीबीचको झगडाबाट मृत्यु भएको दाबी गर्दै आइरहेको छ ।
तर आफन्तले बिहीबार पुगेर शवको प्रकेति हेर्दा प्रहरीको यातनाबाट मुत्यु भएको देखिएको भन्दै शव बुझन मानेनन् । दुवै शव जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् ।
मृत्यु प्रकरणको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय, संखुवासभाले पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय समिति बनाएर घटनाकाे छानबिन गरिरहेको छ ।
कारागार वरपरका बस्तीका मानिसहरुले भने आफूहरुले मंगलबार राति २ जनालाई अर्धनग्न अवस्थामा पारेर पोशाकधारी प्रहरीसहित ४ जनाले ‘खुट्टामा हान खुट्टामा हान’ भन्दै कुटपिट गरिरहेको देखेको र कुटाइ खानेले ‘मरेँ, ऐय्या, ऐय्या’ भनिरहेको सुनेको बताएका छन् ।
कारागारमा राखिएको सिसिटिभीमा प्रहरीले कुटपिट र लछारपछार गरेको दृश्य पाइएको स्रोतको भनाइ छ । सोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएका प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखिएको छ । कुटपिटमा संलग्नताका आरोपमा पक्राउ गरिएका कैदीबन्दीहरुले भने आरोप अस्वीकार गर्दै प्रहरीले फसाउन खोजेको बताएका छन् ।
आरोपमा प्रहरीले ९ कैदीबन्दीलाई पक्राउ गरिएको दिन बुधबार कारागारभित्रबाट कैदीहरुले प्रहरीमाथि ढुंगामुडा गरेका थिए । उनीहरुले तोलांगी र बलामी मृत्यु झडपमा नभई प्रहरीको कुटाइबाट भएको भन्दै आफूहरुलाई घटना स्वीकार्न बाध्य पार्न खोजेपछि विरोध गरेको उनीहरुले बताउँदै आएका छन् । कारागारमा १३८ कैदीबन्दी रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार