रास्वपा सांसदले संसद अवरुद्ध भएको दिनको भत्ता नलिने
बैठक संचालनकाे पहल गर्न सभामुखसँग आग्रह
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १४:१२:५२
२६ साउन, काठमाडौं । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको दिने भत्ता नलिने घोषणा गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद भवनमा भेट गरेर सो जानकारी दिएका छन् ।
यसअघि अवरुद्ध भएका बेलामा भत्ता पाएको भए आगामी दिनमा मिलान गर्ने व्यवस्था गरिदिन आग्रह गरे ।भेटमा संसद बैठक नियमित संचालन गर्न सशक्त पहल गर्न समेत आग्रह गरेको छ ।
संसद बैठक नै बसेको दिनको सुविधा नदिने व्यवस्था गराउन सभामुख घिमिरेसँग अनुरोध गरेको सांसद रबि लामिछानेले बताए । ‘नेपाली जनताको रगत र पसिनामा उठेको करको दुरुपयोग हुन नदिने हामीले संसद नचलेको दिनको सुविधा हाम्रो बैंक खातामा जम्मा नुहने व्यवस्था मिलाउन सभामुखज्यूसँगै आग्रह गर्यौ’ संसद भवन परिसरमा लामिछिानेले भने ।
साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको तस्करीको क्वीन्टल भन्दा बढी सुन भन्सार विभागले सिनामंगलबाट समातेको घटनामा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले साउन १० गतेदेखि संसद बैठक लगातार अवरुद्ध गर्दै आइरहेका छन् ।
शुक्रबार दिउँसो १ बजे सुरु भएको संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक एमालेले चल्न दिएन । बैठकमा एमाले र सत्ता पक्षका सांसदहरुबीच बोल्नका लागि हानाथाप नै चलेको थियो । बैठकमा दुवै पक्षका सांसदहरु उठेपछि बैठ २९ गते सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष र सत्ताको झगडामा संसद बन्धक बनाउन नपाइने भन्दै रास्वपाका सांसदहरुले बैठक अवरुद्धप्रति आपत्ति जनाएका छन् ।
रास्वपाले बैठक तोकिएकै समयमा चल्नुपर्ने र एमाले र सत्ता पक्षबीचका मतान्तरका विषय बैठक अगावै टुंग्याउन आग्ह गर्दै आइरहेका छन् । एमालेले आज बिहान ११ बजे बसेको संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि चल्न दिएन । सरकार पक्षका सांसदहरु भने सुन प्रकरणमाथि नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेकाले छुट्टै समिति बनाउँदै अनुसन्धान गर्दा गलत हुने भन्दै सीआईबीको अनुसन्धान प्रतिवेदन आउँदासम्म कुर्न एमालेलाई आग्रह गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार