नेपाल प्रहरीद्वारा करिव ५३ लाख नेपाली नक्कली नोटसहित राजधानीका विभिन्न ठाउँबाट ९ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १४:३५:५९
२६ साउन, काठमाडौं । नेपाल प्रहरीले विभिन्न ठाउँबाट करिब ५३ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो । थानकाेट वृतकाे प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।
प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रूपैयाँ बरामद गरेको हो । चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् । उनीहरूको साथबाट ५२ लाख ७५ हजार रूपैयाँ नक्कली नोट बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सुरुमा बिहीबार राजधानीको थानकोटबाट थानकाेट वृतका प्रहरीले पर्यटक गाडीमा पठाइएको नक्कली ३६ लाख रूपैयाँ बरामद गरेकाे थियो । त्यसपछि खोजतलासका क्रममा थप रकम र कारोबारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कारोबारीहरुले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
गौशाला क्षेत्रका अतिक्रमण संरचनामा महानगरले चलायो डोजर
कात्तिक ३०, २०८१ शुक्रबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार