सरकारसँग सहमतिपछि निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित, आइतबारदेखि विद्यालय बन्द नहुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १४:५०:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/pabsan-hisan_xbNF4O05el_6EeFKjhtCS.jpg)
२६ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले गर्दै आएको सबै आन्दोलनका कार्यक्रमहरु स्थगित भएको छ । सरकार र आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएका हुन् । शुक्रबार सिंहदरबारमा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राईसहित सरोकारवालाहरुबीचको छलफलमा विद्यालय शिक्षासम्बन्धी विधेयक निजी विद्यालय सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएसँगै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित भएका हुन् ।
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मन्त्रिपरिषदबाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सहमति पछि सबै आन्दोलनका कार्यक्रम स्थगित भएको प्याब्सनका महासचिव आरबी कटुवालले जानकारी दिए ।
यसअघि प्याब्सनका अध्यक्ष पाण्डव हमाल, प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना, हिसानका अध्यक्ष रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विधेयकको मस्यौदामा सात बुँदे सुझाव सार्वजनिक गरेका थिए । उनीहरुले आफूहरुको माग सम्बोधन नभएमा २८ गतेदेखि देशभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । यस्तै भदौ १ गते विद्यालयका सवारी साधनहरु देशका मुख्य सहरमा सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम पनि तय गरिएको थियो ।
सहमति भएपछि संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुलाई बाइबास गरेको भन्दै आन्दोलित निजी विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेको हो । आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने भएका छन् । निजी विद्यालयमारा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू आन्दोलित भएका थिए ।
प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो । आफूहरू गुठीमा रुपान्तरण हुन तयार रहेको भन्दै लगानीको सुरक्षाको प्रत्याभूति खोजेको सञ्चालकहरूको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार