सुन तस्करी प्रकरणमा संलग्न भनिएका व्यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १५:३४:२६
२६ साउन, काठमाडौं । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो । प्रख्यात शेयर खेलाडीसमेत रहेका व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजश्व अनुसन्धान विभागले छापा मारेको थियो ।
साउन ८ गते नेपालबहसले सर्वप्रथम सय किलो सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया शीर्षकमा समाचार ब्रेकिङ गरेको थियो । अडुकिया पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखिएको थियो ।
त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिएको हो । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको थियो । त्यसपछि अनुसन्धानको तीर अडुकिया माथि ताकिएको थियो र उनी राजश्वको निगरानीमा परेका थिए । छोरो रोहन पनि लामो समय हङकङ बसेर नेपालमा दुई नम्बरीका सामान पठाउने गर्दथे ।
नेपालमा १ किलो सुन समातिएपछि पक्राउन पर्ने डरले उनी भारततर्फ भागेका थिए । इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आइरहेका उनलाई अध्यागमन विभागको नेपाली पोर्टमा ब्ल्याक लिस्टमा रहेको देखिएकोले राहदानीसहित नियन्त्रणमा लिएर विभागमा पठाइएको हो । सुन तस्करी प्रकरणमा नाम जोडिएपछि राकेश भने फरार रहँदै आएका छन् ।
क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् ।
क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
रौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार