हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १६:३१:५६
२६ साउन, मनहरी । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ ।
आव २०७९/८० मा अस्पतालबाट दुई लाख छ हजार छ सय ३३ बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ६२ हजार नौ सय २६ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएको अस्पतालका सूचना अधिकारी राजीव झाले बताए ।
आव २०७८/७९ मा हेटौँडा अस्पतालमा एक लाख ४४ हजार चार सय ५४ जनाले बहिरङ्ग (ओपिडी) सेवा र ५२ हजार तीन सय ५७ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएका थिए । यो हिसाबमा आव २०७८÷७९ मा भन्दा गत वर्ष २०७९/८० मा सेवाग्राहीको चाप उल्लेख्य रहेको छ ।
अस्पतालमा साधारण सुत्केरी हुनेको सङ्ख्या दुई हजार आठ सय सात रहेको छ भने अस्पतालमा ठूलो अपरेसन एक हजार आठ सय ६८ र सामान्य अपरेसन आठ सय ५९ भएको झाले बताए । अस्पतालमा दश हजार एक सय ८३ बिरामी भर्ना भएर उपचार गरेको र उपचारका क्रममा ४६ जनाले ज्यान गुमाएको झाले बताए ।
अस्पतालबाट गत वर्ष पाँच हजार छ सय ६४ दाँतका बिरामीको उपचार भएको र आठ हजार तीन सय ४२ छाला रोगका बिरामीले सेवा लिएका छन् । यस्तै नौ हजार आठ सय जना नाक, कान, घाँटीसम्बन्धी बिरामीले सेवा लिएको झाले बताए । अस्पतालमा १८ हजार सात सय एकले स्त्रीरोगसम्बन्धी सेवा लिएका छन् भने तीन सय ९८ मानसिक रोगीले सेवा लिएका छन् ।
अस्पतालबाट २१ हजार नौ सय ३३ हाडजोर्नीका बिरामीले सेवा लिएका छन् भने १६ हजार एक सय ११ बालरोगको सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक दुई हजार विभिन्न ल्याब परीक्षण हुने गरेको छ भने मिर्गौलासम्बन्धी दुई हजार एक सय ७८ जनाले सेवा लिन सफल भएका छन् ।
पछिल्लो वर्ष सेवाग्राही बढ्नुमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू हुनु, अस्पतालभित्रै फार्मेसी सेवा विस्तार हुनु र हेटौँडा अस्पतालप्रति जनविश्वास बढ्नु मुख्य कारण भएको अस्पतालका निमित्त प्रमुख डा रामचन्द्र सापकोटाले बताए । हेटौँडा अस्पतालले टिकट र उपचारपछि औषधि लिन टोकन प्रणाली लागू गर्नु, विशेषज्ञ चिकित्सकको उपलब्धता रहनु, नयाँ उपकरण र सेवा विस्तार हुनुले पनि सेवाग्राही बढेको उनको भनाइ छ ।
एक सय २५ श्ययाको हेटौँडा अस्पतालमा अहिले महिला तथा प्रसूति, शल्यक्रिया, जनरल मेडिसिन, हाडजोर्नी, दाँत, नाक–कान–घाँटीलगायतका सेवा उपलब्ध छन् । प्रयोगशालासहित भिडियो एक्सरे, फार्मेसी सेवा समेत भएका कारण मकवानपुरका मात्रै नभई मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाका बिरामी पनि उपचारका लागि हेटौँडा अस्पताल आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार