कांग्रेस सांसद शर्माको पक्राउप्रति एमाले सांसदको आपत्ति
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १६:५३:९
२६ साउन, काठमाडौं । शैक्षिक प्रमाणपत्रमा कीर्ते गरेको फौजदारी कसुरमा बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका संघीय सांसद सुनिल शर्माको बचाउको पक्षमा एमालेका सांसदहरु उभिएका छन् ।
शुक्रबार प्रतिपक्षी एमाले र सत्ता पक्षका सांसदहरुबीच घम्साघम्सी परेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद ज्वालाकुमारी साहले शर्मालाई सरकारले प्रतिशोधमा पक्राउ गरेको आरोप लगाइन् ।
उनले क्वीन्टल सुन प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण प्रतिशोधमा शर्मालाई पक्राउ गरेको बताइन् । साहले एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आइरहेको र त्यसमा शर्माले साथ पुग्ने अभिव्यक्ति दिएकै कारण पक्राउ गरिएको पक्राउप्रति उनले आपत्ति जनाइन् ।
साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएकाे तस्करीको क्वीन्टल सुन भन्सार विभागले सिनामंगलबाट समातेको विषयमा एमालेले छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै संसदको दुवै सदनको बैठक अवरुद्ध गर्दै आइरहेको छ । आज पनि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक एमालेले चल्न दिएन । प्रतिनिधिसभा बैठक सुरु हुनसाथ सभामुख देवराज घिमिरेको अनुमतिमा सांसद ज्वालाकुमारीले शर्माको पक्राउ घटनालाई लिएर सरकारको आलोचना गरिन् ।
नक्कली शैक्षिक प्रमणपत्र कसुरमा शर्मा, २ महिलासहित ८ डाक्टर जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध भारतबाट प्रविणता तहको नक्कली प्रमाणपत्र ल्याएर नेपाल मेडिकल काउन्सिलबाट लिइने चिकित्सक अध्ययन परीक्षामा सहभागी भएको आरोप छ । शर्माले आफूलाई मेडिकल डाक्टर बताउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार