सांसद सुनिल शर्मालाई पक्राउ गर्नुको कारणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छः कांग्रेस
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १७:५०:४४
२६ साउन, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा गृहमन्त्री र मन्त्रीहरूको राजीनामा मागेको प्रतिशोधमा सांसद सुनील शर्मालाई पक्राउ गरिएको भन्दै यस बारेमा प्रधानमन्त्रीसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने बताएको छ । संसद चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने कांग्रेसको भनाइ छ ।
नयाँ बानेश्वरमा शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्याशित र आपत्तिजनक रहेको र यदि मन्त्रीको राजीनामा माग गरेकै आधारमा पक्राउ गरेको भए प्रतिशोधको भावना भएको ठहर गरेको हो । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्याम घिमिरेले पार्टीका सांसद सुनील शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताए ।
उनले सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यस बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताए । उनले भने, ‘डा. सुनील शर्माको गिरफ्तारीको विषय उठेको छ । सभापतिले सबै सांसदहरुले उक्त विषय गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । सामान्य केसमा यसरी संसद चलिरहेको बेलामा यसरी सांसदलाई पक्राउ गर्नु एक प्रकारको गैरकानूनी काम हो। गैरसंसदीय अभ्यास पनि हो ।’
उनले शर्माले यस भन्दा अघि केही मन्त्रीको राजीनामा मागेको र त्यही अभिव्यक्तिलाई लिएर पक्राउ गरिएको हो भन्ने यो प्रतिशोध भएको भन्दै यसको प्रधानमन्त्री र गृहमन्त्री दुवैले जवाफ दिनुपर्ने बताए । उनले संसदमा यो जवाफ दिनुपर्ने भन्दै कसले गरेको हो, किन गरियो? यो भन्दाअघि पनि अप्रेशन चलाइएको थियो, केही मानिसलाई धरौटीमा छोडियो, सबै छुटे पछि । संसद चलिरहेको बेलामा सांसदलाई यसरी गिरफ्तार गर्नुपर्ने बाध्यता किन भयो ? यसका लागि कानूनी अन्य बाटो हुनसक्थे, बयान हुनसक्थ्यो । अरु बाटो हुनसक्थे तर उहाँलाई प्रतिशोधको भावनाले पक्राउ गरियो ,यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार