कोशीमा जसपाकी निर्मला लिम्बू बनिन् स्वास्थ्य मन्त्री
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १८:४०:२५
२६ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा)की एक्ली सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छन् ।
मुख्यमन्त्री उद्वव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई स्वास्थ्य मन्त्रीमा पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
कोशीमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासहितको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार छ । यसअघि एमाले नेतृत्वको सरकारमा मन्त्री रहेकी लिम्बू पहिचान पक्षधरको आन्दोलनको दबाबमा राजीनामा दिएर सरकार बाहिर आएकी थिइन् । नयाँ गठबन्धन बनेपछि उनी सरकारमा पुनः मन्त्री बनेकी हुन् ।
मुख्यमन्त्री थापाले आजै मात्र विज्ञप्ति जारी गरेर पहिचान पक्षधरहरुसँग वार्ता गर्ने प्रतिवद्धता जनाएका छन् । कोशी नाम खारेज गरी पहिचानको आधारमा नामाकरण गर्नुपर्ने मागसहित कोशीमा गत फागुनदेखि किरात, राई, लिम्बू लगायत आदिवासी जनजाति समूदाय आन्दोलनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार