भोलीदेखि मंगलबारसम्म उपत्यकाका सडक र सिँचाइ विभागमा विहान ९ देखि ३ बजेसम्म तालाबन्दी र धर्ना
नेपालबहस संवाददाता
साउन २७, २०८० शनिबार १०:३२:२०
२७ साउन, काठमाडौं । सरकारले लामो समयसम्म भुक्तानी नदिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीहरुले भोली आइतबारदेखि मंगलबासम्म देशभरका सडक र सिँचाई विभागमा तालाबन्दी गर्ने भएका छन् । यो उनीहरुको तेस्रो चरण अन्तर्गतको कार्यक्रम भएको बताइएको छ ।
शुक्रबार बसेको नेपाल निर्माण व्यवसायी महासंघले बैठकले तालाबन्दी र धर्ना दिने निर्णय गरेको हो । सरकारले लामो समयदेखि आयोजनाहरूको रकम भुक्तानी नदिएकाले जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको अध्यक्ष रवि सिंहले बताए । उनले महासंघको बैठकले आन्दोलनलाई तेस्रो चरणमा २८ गतेदेखि सडक विभाग र सिँचाइ विभागमा ताला लगाउने घोषण गर्दै जिल्ला संघहरुलाई पनि उपस्थित हुन भनिएको बताए ।
महासंघले नेपाल सरकारबाट जारी भएको म्याद थपको आदेश र भुक्तानी लगायतका १० बुँदे मागहरूका सम्बन्धमा लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ । महासंघले राजधानी केन्द्रित आन्दोलनको पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत सडक विभाग र सिँचाइ विभागमा तालाबन्दीसहित धर्ना दिन लागेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
मंसिर २५, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
सवारीसाधन व्यवस्थापनका लागि ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
पुष १, २०८१ सोमबार
ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ
पुष १, २०८१ सोमबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार