काममा अति सुस्तता आएपछि मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको हुँः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
साउन २७, २०८० शनिबार ११:१८:४८
२७ साउन, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदबाट भएका निर्णयहरु नै कार्यान्वयन हुन नसकेपछि काम चाँडो गराउनका लागि आफूले कार्यसम्पादन सम्झौता गरेको बताएका छन् । हरेक मन्त्रीहरूलाई नमुना कार्य गरेर देखाउनका लागि कार्यसम्पादन सम्झौता गरिएको बताएका छन् ।
चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने भएपछि काममा केही सुधार आउने बताए । अहिलेको सरकार सुशासन, न्याय र सम्बृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्बृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार लागेको बताए ।
उनले बुढीगण्डकी लगायतका ठूला परियोजनाहरूको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भइरहेको बताए । विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहने युवाहरूका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाईं छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार