विपक्षी एमालेको बालहठले संसद अवरुद्ध भइरहेको छ, बैठक सुचारु गर्न कांग्रेसले पहल गर्नुपर्छः सिंह
नेपालबहस संवाददाता
साउन २७, २०८० शनिबार ११:३०:३४
२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमालेको बालहठले निरन्तर भइरहेको अवरुद्ध संसद खुलाउन कांग्रेस पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् । संसद अवरोध गर्नु उचित नभएको भन्दै ठूलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताएका हुन ।
कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत संसद सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताएका छन । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अबरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने ।
विगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन ।
१०० केजी सुन प्रकरण भन्सारबाट निकाले पछि राजश्व अनुसन्धान विभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । जसका कारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार